जापानमा गर्भवती भई जापानमा बच्चालाई जन्म दिनु भएको एक अन्तर्राष्ट्रिय विद्यार्थीको कथा
आई, जो विश्वविद्यालयमा अनुसन्धान विद्यार्थी थिईन्, व्यावसायिक विद्यालयमा पढ्ने एकजना अन्तर्राष्ट्रिय पुरुष विद्यार्थीसंग नजिकिईन् र बिना कुनै योजना गर्भवती भईन्। गर्भावस्थाको प्रारम्भिक चरणमा गर्भवति हुँदा वाकवाकी लाग्दा उनी ट्रेन चढी विद्यालय जान पनि असमर्थ भईन्। गर्भावस्थाले गर्दा स्वास्थ्य राम्रो नभएर उनको विद्यालयमा अनुपस्थिति कायम रह्यो र उनको उपस्थिति दर ७०% भन्दा तल झर्यो। विद्यालयमा अनुपस्थितिको कारणले गर्दा उनको बसोबास योग्यता नवीकरण नहुने हो कि भनेर उनलाई चिन्ता हुन थाल्यो।
आईले आफ्नो शिक्षक र विद्यालयका कर्मचारीलाई आफ्नो गर्भावस्थाको बारेमा बताइन्। कर्मचारीले आई विद्यालय नआए उनको पढाई जारी राख्न गाह्रो हुने भने, तर शिक्षकले पढाई जारी राख्ने आईको इच्छा बुझे। आई आफ्नो शिक्षकको सल्लाह पछी अस्पताल गईन् र गर्भावास्थाले गर्दा स्वास्थ्य राम्रो नभएको उल्लेख गरेको मेडिकल प्रमाणपत्र बनाईन्। उनले मेडिकल प्रमाणपत्र अध्यगमन कार्यालयमा पेस गरिन् र आफ्नो बसोबास योग्यता नवीकरण गर्न सक्षम भईन्।
बच्चाको जन्मको बेलामा आईकी आमा अस्थायी आगन्तुकको रुपमा आईलाई सहयोग गर्न जापान आईन्। बच्चाको जन्म पछि आईले व्यावसायिक विद्यालयमा पढ्ने विद्यार्थीसंग विवाह गरीन्। जापानमा तीन महिनाको बसाई पछि आईकि आमाले बच्चालाई भियतनाम लगीन्। विद्यालयको अध्ययन पुरा भए पछि आईले व्यावसायिक विद्यालयमा अध्ययन शुरु गरीन्। उनी अध्ययनको समाप्ति र जागिर पाए पछि भियतनाममा उनको परिवारले हुर्काइरहेको बच्चालाई जापान ल्याउने र आफ्नो श्रीमान संगै हुर्काउने योजना बनाइरहेकी छिन्।
यदि आईले शिक्षकसंग परामर्श नगरी अनुपस्थित भएको भए, उनलाई विद्यालयबाट निस्कासित गरिने सम्भावना थियो। उनको बसोबास योग्यता पनि नविकरण हुने थिएन। यदि तपाई गर्भवती हुनुहुन्छ भने विश्वसनीय शिक्षक वा कर्मचारीसंग सल्लाह लिनुहोस्।