यदि मैले बच्चालाई जन्म दिन चाहन्नँ भने मैले के गर्नुपर्छ?
जापानमा गर्भपतन गर्भावस्थाको २२औं हप्ता (२१ हप्ता ६ दिन) सम्म सम्भव छ।
गर्भपतनका लागी शर्तहरु
जापानमा कानुनले गर्भपतनका लागी शर्तहरु तोकेको छ । गर्भपतनका लागी शर्तहरु निम्नानुसार छन् ।
१) जब स्वास्थ्य वा आर्थिक कारणले गर्भावस्था वा सुत्केरी हुन असमर्थ भएमा ।
२) मारपिट या धम्कीको कारणले भएको यौन सम्पर्कको विरोध वा अस्वीकार गर्न नसकेमा ।
सैद्धान्तिक रुपमा, गर्भपतन गर्न पति वा पार्टनरको सहमति आवश्यक पर्दछ । तर यदि तपाईलाई पार्टनर को हो भन्ने थाहा नभएमा, पार्टनरले आफ्नो मनसाय ब्यक्त गर्न नसकेमा, वा पार्टनरको मृत्यु भएमा पार्टनरको सहमति विना गर्भपतन गर्न सक्नुहुन्छ ।
गर्भपतन शल्यक्रिया
यदि तपाई १२ हप्ता भन्दा कमको गर्भावस्थामा हुनुहुन्छ भने, "भ्याकुम अस्पिरेशन" वा "क्युरेट" भनिने सानो शल्यक्रिया गरिन्छ। यदि तपाईले अग्रिम मेडिकल जाँच गराउनु भयो भने, शल्यक्रिया पछि उपचारको लागि एक रात र दुई दिन लाग्छ। यदि रक्तस्राव जारी रहे, अस्पतालमा लामो समयसम्म भर्ना हुनु पर्ने हुन सक्छ।
यदि तपाई १२ देखि २२ हप्ताको गर्भावस्थामा हुनुहुन्छ भने, तपाईले गर्भाशयमा संकुचन गराउने पदार्थको प्रयोग गरि कृत्रिम रूपबाट प्रसव शुरु गरि गर्भपतन गर्न सक्नुहुन्छ। यसले शरीरलाई भारी बोझ दिने भएकोले केहि दिनको लागि अस्पतालमा भर्ना हुन आवश्यक छ।
शल्यक्रियाको लागी एनेस्थेसियाको (शरीरको संवेदना कम गर्ने औषधि) प्रयोग गरिन्छ। तपाईले आँफुसंग एकजना साथी/कुरुवा ल्याउनु पर्ने हुन्छ वा फोनबाट तुरुन्तै सम्पर्क गर्न मिल्ने व्यक्तिको फोन नम्बर दिनु पर्ने हुन्छ जसलाई शल्यक्रिया गर्दा कुनै आपत्कालीन अवस्था आइपरे के गर्ने भनेर सोध्न सकिन्छ र मञ्जूरी लिन सकिन्छ। जापानी बुझ्ने व्यक्ति सिफारिश गरीन्छ।
गर्भपतन शुल्क
यो शल्यक्रिया स्वास्थ्य बीमा द्वारा कभर गरिदैन, त्यसैले तपाईले पूर्ण खर्च तिर्नुपर्छ। गर्भपतनको लागि लाग्ने शुल्क गर्भावस्थाको हप्तामा निर्भर गर्दछ, जुन लगभग १००,००० देखि ३००,००० येन सम्म पर्न सक्छ। चार महिना (८५ दिन) वा बढीको गर्भावस्थामा गरिएको गर्भपतनलाई बच्चाको जन्मको रुपमा लिइन्छ। यदि तपाईसंग स्वास्थ्य बीमा छ भने, तपाईले "प्रसव र बच्चाको हेरचाहको लागी एकमुष्ट भत्ता" प्राप्त गर्न सक्नुहुन्छ। यो भत्ता प्राप्त गर्ने तरिका चिकित्सा संस्थामा निर्भर गर्दछ, त्यसैले क्लिनिकको स्टाफ संग जानकारी लिनुहोस्।
गर्भपतन औषधी
जापानमा अप्रिल २०२३ सम्म, गर्भपतनको लागी खाने औषधी मेफिगो प्याकलाई स्वीकृती दिएको छ । गर्भावस्था समाप्त गर्नको लागी पहिलो औषधी (Mifepristone) सेवन गरेको ३६ देखि ४८ घण्टा पछि दोश्रो औषधी (Misoprostol) सेवन गर्नु पर्छ । साइड इफेक्टहरू जस्तै पेट दुखाइ र रक्तस्राव हुन सक्छ। औषधी सेवन गरेको व्यक्ति तबसम्म अस्पतालमै बस्नुपर्छ जबसम्म डाक्टरले गर्भपतन भएको पुष्टि गर्दैन । गर्भपतनको लागी खाने औषधी ९ हप्तासम्म्को गर्भावस्थाको लागी हो । सो भन्दा बढी समयको गर्भावस्थाको लागी औषधीको प्रयोग गर्न सकिदैन ।

आँफैले निर्णय गरेर गर्भपतनको औषधि कहिले नखानुहोस्
डाक्टरको पर्यवेक्षण बिना गर्भपतनको लागी औषधिको उपभोग खतरनाक हुनसक्छ। यो औषधिले असामान्य रक्तस्राव र अपूर्ण गर्भपात हुनसक्छ।
यदि तपाईले आफ्नो देशबाट औषधि ल्याई गर्भपतन गर्नुभयो भने, तपाई स्वयं-गर्भपातको (दण्ड संहिताको अनुच्छेद २१२) दोषी ठहर हुनुहुनेछ र एक वर्षसम्मको जेल सजाय हुनेछ।
जुन सुकै अवस्था भए पनि, तपाई गर्भवती भएको थाहा पाए पछि डाक्टरलाई भेटि सल्लाह लिनुहोस्।
यद्यपि, केही क्लिनिकहरुले तपाईसँग जापानी दोभाषे छैन भने तपाईलाई नहेर्न पनि सक्छन् । यदि तपाईलाई क्लिनिकमा मेडिकल जाँच वा गर्भपतन गर्न अस्वीकार गरिएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् ।