यदि म अहिले बच्चा पाउन चाहन्न भने, मैले के गर्नुपर्छ?
यदि तपाई बच्चा पाउन तयार हुनुहुन्न भने गर्भनिरोधक साधनको प्रयोग गर्न आवश्यक छ।
गर्भनिरोधन पुरुष र महिला दुबैको जिम्मेवारी हो।
तपाईको देशमा प्रयोग हुने गर्भनिरोधक साधनहरुलाई प्रयोग गर्न जापानमा अनुमति नहुन सक्छ।
पुरुषले प्रयोग गर्ने कण्डमको प्रयोग गर्नु गर्भनिरोधनको पहिलो चरण हो।
गर्भावस्थामा महिलालाई मानसिक र शारीरिक बोझ हुन सक्छ।
यदि पुरुषसाथीले गर्भनिरोधकको प्रयोग गर्न अस्वीकार गरेको कारणले गर्दा गर्भ रहेको हो भने गर्भपतनको खर्च महिला र पुरुष दुबैले उठाउनु पर्छ।
जापानमा प्रजनन स्वास्थ्य

जापानमा प्रयोगको लागि स्वीकृत गर्भनिरोधक साधन
पुरुषले प्रयोग गर्ने कण्डम
कण्डम पुरुषले लिङ्ग माथि लगाउछन् जसले गर्दा वीर्य महिलाको योनीमा प्रवेश गर्न बाट रोकिन्छ। यो यौन सम्पर्कको समयमा मात्र प्रयोग गरिन्छ। यसले यौन रोगबाट जोगाउछ र गर्भनिरोधलाई पनि मद्दत गर्दछ।
पुरुषले प्रयोग गर्ने कण्डमहरू औषधि पसल, कन्बिनी, र केहि १००-येन पसलहरूमा बेचिन्छन्। कण्डमका विभिन्न प्रकारका हुन्छन्, जस्तै दुई कन्डमको लागि १०० येनदेखि लिएर बाह्रवटा कण्डम भएको एउटा बट्टाको लागि १,००० येन। कण्डम सबै जनाले बिना कुनै परिचय पत्र सजिलै किन्न सक्छन्।
कण्डमलाई सहि तरिकाले लगाउनुहोस्। कण्डम नङ्ले नाच्यातियोस् भनेर ख्याल गर्नुहोस्। कण्डमलाई शौचालयमा फ्लस नगर्नुहोस्, यसले शौचालयको पाइप बन्द हुन सक्छ। कृपया कण्डमलाई राम्रोसँग फोहोरको रूपमा फाल्नुहोस्। प्रयोग गर्नु अघि म्याद सकिने मिति जाँच गर्नुहोस्।
कण्डमको प्रयोग कसरी प्रयोग गर्ने, डाक्टर शिन्या इवामुरोको प्रस्तुति (अंग्रेजीमा)
https://www.youtube.com/watch?v=dThmCyxz5RA&ab_channel=mangachop
पिल्स चक्की
यदि एक महिलाले दैनिक होर्मोन भएको चक्की लिन्छिन् भने, अंडाशयबाट निस्किने अण्डालाई नियन्त्रण गर्न सकिन्छ। जब महिला गर्भवती हुन चाहन्छिन्, त्यो बेला होर्मोन चक्कीको प्रयोग बन्द गर्न सक्छिन्।
यो चक्कीको प्रयोग गर्न तपाईले स्त्री तथा प्रसुति रोग विशेषज्ञसंग सल्लाह गरि डाक्टरको पुर्जी लिनु पर्छ। वर्षमा एक वा दुई चोटि नियमित जाँच र रक्त परीक्षणको आवश्यक पर्दछ। तपाईले यौन सम्पर्क नराखेको कारणले गर्दा नियमित रुपमा यो चक्कीको प्रयोग नगरे यसले तपाईको अंडाशयबाट निस्किने अण्डालाई नियन्त्रण गर्न सक्दैन। चक्की कहिले खाने भनेर सम्झाउनको लागि स्मार्टफोन एप्प्लिकेशनको प्रयोग गर्नुहोस्। यो चक्कीको प्रयोग गर्दा धुम्रपान छोड्नुहोस् किनकि यसले रगतको नली भित्र रगत जम्ने जोखिम बढाउँदछ।
स्वास्थ्य बीमाले होर्मोन चक्कीको खर्च महिनावारीको बेला हुने पीडाको उपचारको लागि मात्र व्यहोर्छ। यदि तपाईसँग स्वास्थ्य बीमा छ भने, तपाईले कुल खर्चको केवल ३०% तिर्नुपर्नेछ, जुन चिकित्सा उपचार र चक्की सहित लगभग १७०० येन पर्छ।
यदि होर्मोन चक्कीको प्रयोगको उद्देश्य गर्भनिरोध हो भने स्वास्थ्य बीमाले खर्च व्योहोर्दैन। तपाईले आफैं सम्पूर्ण मूल्य तिर्नु पर्छ। चक्कीको मूल्य र प्रयोगको लागि दिने अवधि अस्पताल वा क्लिनिकमा निर्भर गर्दछ। यसरि नै चक्कीको मूल्य औषधि पसलमा पनि निर्भर गर्दछ। सामान्य चक्कीको एक महिनाको लागी लगभग २,००० येन पर्न सक्छ। कम्पनीको ब्राण्ड भएको चक्कीको मूल्य २५०० देखि ३००० येन सम्म पर्न सक्छ।
कपर टी/ आइ यु डि
आइ यु डि भनेको गर्भ रहनबाट रोक्ने T आकारको साना लचिलो प्लास्टिक उपकरण हो जुन गर्भाशयमा राखिन्छ। यसको प्रकार हेरी यसले ३ देखि ५ वर्षसम्म काम गर्छ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञले सामान्य जाँच पछि कापर टि राखी दिन्छन्। यसको खर्च ३०,००० देखि ७०,००० येन सम्म पर्न सक्छ। स्वास्थ्य बीमाले यसको खर्च व्योहोर्दैन। यदि तपाई बच्चा पाउन चाहनुहुन्छ भने, डाक्टरलाई यसलाई हटाउन भन्नुहोस्।
बन्ध्याकरण (मिनिल्याप/भ्यासेक्टोमि)
यदि तपाई अब बच्चा पाउन चाहनुहुन्न भने, तपाईले शल्यक्रिया गर्न सक्नुहुन्छ। पुरुषको "भ्यासेक्टोमि" (शुक्रनली काट्ने) को लागि २००,००० येन भन्दा बढी खर्च लाग्न सक्छ र महिलाको "मिनिल्याप/ट्यूबल लाइगेशन" को लागि ५०,००० येन भन्दा बढी खर्च लाग्न सक्छ।
क्यालेन्डर विधि
यो विधि महिलाको मासिक धर्म चक्रमा आधारित छ र यसलाई गर्भवती हुनको लागि सहज हुने समय र गर्भवती हुन गाह्रो हुने समयको पूर्वानुमान गर्न प्रयोग गरिन्छ। तपाईले आफ्नो शरीरको तापक्रम मापन र मासिक चक्रको लिखित विवरण राख्नु पर्ने हुन्छ। अनियमित मासिक धर्म चक्र भएका महिलाहरूले गर्भनिरोधका लागि यो विधि प्रयोग गर्न असक्षम हुन सक्छन्, त्यसैले यसलाई अन्य विधिहरूसँग मिलाउन सुझाउ दियीन्छ।

जापानमा अनुपलब्ध गर्भनिरोधक साधन
होर्मोन ईन्जेक्शन/ संगिनी सुई:
यो कुनै जापानी क्लिनिक/ अस्पतालमा उपलब्ध छैन।
हार्मोनल प्रत्यारोपण/ नरप्लांट:
यो कुनै जापानी क्लिनिकमा उपलब्ध छैन। यसलाई हटाउनको लागि क्लिनिक पाउन पनि गाह्रो छ।
गर्भनिरोधक स्टिकर, गर्भनिरोधक प्याच, महिलाले प्रयोग गर्ने कण्डम:
यिनीहरु जापानमा उपलब्ध छैनन्।

तपाईले आफ्नो देशबाट औषधि ल्याउदा अपनाउनु पर्ने सावधानी
आफुलाई एक महिनासम्म पुग्ने औषधी जापानमा ल्याउन सकिन्छ। यदि तपाई एक महिना भन्दा बढिको औषधि ल्याउनु हुन्छ भने, एयरपोर्टमा त्यसलाई जफत गर्न सकिन्छ। तपाईले आफ्नो डाक्टरको पुर्जा र मेडिकल प्रमाणपत्रको साथसाथै, औषधिको विवरणको र "आयात घोषणा" पेश गर्नु पर्ने हुनसक्छ। पुर्जा जापानी डाक्टर वा तपाईको देशको डाक्टर द्वारा लिखित हुनसक्छ।
तपाईले हुलाक मार्फत आवेदन दिन सक्नुहुन्छ। तपाईको आवेदन स्वीकृत भएपछि, तपाई औषधि लिन भन्सार कार्यालयमा जान सक्नुहुन्छ। यदि तपाईं आफैं जान नसके, तपाईले वारिशनामा पत्र लेखि अरु कसैलाई पठाउन सक्नुहुन्छ।
यदि तपाईले ल्याएको औषधि अरु कसैलाई दिनुभयो वा बेच्नुभयो भने, "फार्मास्यूटिकल्स र मेडिकल उपकरण ऐनको उल्लघन्" भएकोमा तपाईलाई एक देखि दुई वर्ष कैद वा एक देखि दुई लाख येन जरिवानाको सजाय हुनेछ।
参考:厚生労働省関東信越厚生局「医薬品等の輸入手続きについて」
https://kouseikyoku.mhlw.go.jp/kantoshinetsu/iji/yakkanhp-kaishu-2016-3.html#yakkan-shoumei

तपाईले अरु कसैलाई आफ्नो देशबाट औषधि पठाउनको लागि भन्दा अपनाउनु पर्ने सावधानी
तपाईले कसैलाई तपाईको देशबाट औषधि पठाउन भन्दा सावधानी अपनाउनुहोस्। तपाईलाई अरुलाई औषधि पठाउनको लागि भन्न अनुमति छ। तर तपाईले औषधिको प्याकेज सीधा प्राप्त गर्न सक्नुहुन्न। जब तपाईको प्याकेज जापानमा आउँछ, भन्सार कार्यालयले तपाईलाई हुलाक मार्फत सम्पर्क गर्नेछ। तपाईले भन्सार कार्यालयलाई आयात घोषणाको फारमको साथ डाक्टरको मेडिकल प्रमाणपत्र बुझाउनु पर्छ। यदि तपाईले अनुमति प्राप्त गर्नुभयो भने, तपाइको प्याकेज तपाईलाई पठाइनेछ।
यदि तपाईले पाउनु भएको औषधि अरु कसैलाई दिनुभयो वा बेच्नुभयो भने, "फार्मास्यूटिकल्स र मेडिकल उपकरण ऐनको उल्लघन्" भएकोमा तपाईलाई एक देखि दुई वर्ष कैद वा एक देखि दुई लाख येन जरिवानाको सजाय हुनेछ।
参考:医薬品、医療機器等の品質、有効性及び安全性の確保等に関する法律
https://elaws.e-gov.go.jp/document?lawid=335AC0000000145

इन्टरनेटमा भएको "फार्मेसी" बाट बच्नुहोस्
केवल योग्य कम्पनीहरूले मात्र इन्टरनेटमा औषधि बेच्न पाउछन्। यदि कुनै अयोग्य व्यक्तिले औषधि बेच्यो भने, उसलाई "फार्मास्यूटिकल्स र मेडिकल उपकरण ऐनको उल्लघन्" भएकोमा एक वा दुई वर्ष कैद वा एक देखि २० लाख येन जरिवानाको सजाय दिइनेछ। ईन्टरनेटमा पाईने औषधिहरुको गुणस्तर खराब हुनसक्छ वा म्याद सकिएको हुनसक्छ जसले गर्दा यस्तो औषधिहरू प्रयोग जोखिमपूर्ण हुनसक्छ।
参考:厚生労働省「医薬品等の個人輸入について」
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/kenkou_iryou/iyakuhin/kojinyunyu/topics/tp010401-1.html