म गर्भवती हुन सक्छु। मैले के गर्नुपर्छ?
यदि तपाई गर्भवती हुनुहुन्छ र यो तपाईको नियमित महिनावारी सुरु हुने दिन भन्दा एक हप्ता पछि हो भने तपाई गर्भावस्थाको पाँचौं हप्तामा हुनुहुन्छ। गर्भावस्थाले तपाईको शरीरमा केही परिवर्तनहरू ल्याउछ जसले गर्दा तपाईको काम गर्ने क्षमता र काम गर्ने समयको अवधिलाई सीमित गर्न सक्छ। जापानमा २१ हप्ता र ६ दिन सम्मको गर्भावस्थालाई मात्र गर्भपतन गर्ने अनुमति छ। यदि तपाईलाई लाग्छ कि तपाईको महिनावारी ढिलो भयो वा तपाई गर्भवती हुन सक्नुहुन्छ भने, गर्भ रहेको वा नरहेको बुझ्न गर्भावस्था परीक्षण गर्नुहोस् वा प्रसूति वा स्त्री रोग विशेषज्ञ कहाँ जतिसक्दो चाँडो जानुहोस्। यदि यो असुरक्षित यौनसम्पर्कको ७२ घण्टा भित्र हो भने, तपाईसँग आपत्कालीन गर्भनिरोधक चक्की लिने विकल्प छ।
गर्भ जाँच
एउटा सामान्य गर्भ परीक्षण किट (जापानी भाषामा निन्शिन-केंसायाकू) को प्रयोगबाट तपाईले सजिलै आफु गर्भवती भएको नभएको थाहा पाउन सक्नु हुन्छ र यो किट औषधि पसलहरुमा सजिलै किन्न सकिन्छ। तपाईले यो किट नियमित महिनावारी हुनु पर्ने तर नभएको समयको एक हप्ता पछि र यौनसम्पर्क राखेको ३ हप्ता पछि प्रयोग गर्न सक्नु हुन्छ। किटको परीक्षण क्षेत्रमा पिसाब राखेको केहि मिनेटमा परिणाम देख्नुहुनेछ। तपाईले यो किट औषधि पसल बाहेक राकुतेन (Rakuten) र अमेजन (Amazon) जस्ता अनलाइन साइटहरूमा पनि खरीद सक्नु हुन्छ। एउटा टेस्ट किटको लागि १००० येन जति मूल्य पर्छ।
प्रसूति जाँच
यदि तपाईले गर्भ जाँच गर्दा गर्भवती भएको परिणाम प्राप्त गर्नु भयो भने, छिटो भन्दा छिटो नजिकको प्रसूति तथा स्त्री रोग क्लिनिक वा अस्पतालमा जानुहोस्। यी क्लिनिकहरूले तपाईको गर्भावस्थालाई भिडिओ एक्स-रे (अल्ट्रासाउन्ड) वा पाठेघरको जाँचको सहायताले पुष्टि गर्न मद्दत गर्नेछन्।
यदि गर्भावस्था पुष्टि भयो भने, गर्भावस्था स्वास्थ्य समस्या नभएको हुनाले गर्दा यो स्वास्थ्य जाँचको परीक्षण शुल्क तपाईको स्वास्थ्य बीमा द्वारा कभर गरिने छैन र तपाईले सम्पूर्ण खर्च आफै गर्नु पर्ने हन्छ। क्लिनिकको आधारमा परीक्षण शुल्क फरक-फरक हुन्छ। सामान्यतया, पहिलो परामर्शको लागि १०,००० येन शुल्क लाग्न सक्छ। यदि तपाईलाई अन्य स्वास्थ्य समस्याहरु छन् र तपाईको गर्भावस्था परीक्षणको समयमा अतिरिक्त उपचारको आवश्यकता पर्यो भने, तपाईको स्वास्थ्य बिमाले बीमाले यो खर्च व्योहर्ण सक्छ। तर, यदि तपाईले आफ्नो स्वास्थ्य बीमा कार्ड स्वास्थ्य परीक्षणमा लग्नु भएन भने, तपाई उपचार सहित अरु सबै खर्चहरूको लागि जिम्मेवार हुनुहुनेछ, त्यसैले कृपया स्वास्थ्य जाँचको लागि तपाईको स्वास्थ्य बीमा कार्ड आफूसँगै ल्याउन सुनिश्चित गर्नुहोस्।
यदि तपाईलाई आफु गर्भवती भएको लागेको छ भने, यसलाई गोप्य नराख्नुहोस् र विश्वसनीय व्यक्तिसंग कुरा गर्नुहोस्। यो व्यक्ति तपाईको पार्टनर, परिवार, साथी, वा सल्लाहकार हुन सक्छन्। यदि तपाई प्रसूति तथा स्त्री रोग विशेषज्ञलाई परामर्शको लागि भेट्न चाहनुहुन्छ तर कहाँ जाने थाहा नभएमा वा यदि तपाईलाई एक्लै जाने इच्छा नभएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। तपाईको सहयोगको लागि हामी यहाँ छौं।

आकस्मिक गर्भनिरोधक चक्की
आकस्मिक गर्भनिरोधक असुरक्षित यौन सम्पर्क पछि गर्भावस्था रोक्नको लागि एक प्रभावकारी तरीका हो। यसको प्रयोग तपाईले कुनै गर्भनिरोधक प्रयोग नगरेको अवस्थामा, कण्डम फुटेमा, वा तपाईलाई असुरक्षित यौन सम्पर्क गर्न बाध्य पारिएको अवस्थामा गर्न सक्नुहुन्छ। एउटा चक्कीको सेवनले पाठेघरमा अण्डाशयबाट निस्केको अन्डाको रोपण हुन दिदैन र गर्भ रहन दिदैन।
असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा भित्र यो चक्कीको सेवन गरे, यसले गर्भ रहने जोखिम कम गर्दछ। यो चक्की चाडो खाए झन् प्रभावकारी हुन्छ तर हामी तपाईलाई असुरक्षित यौन सम्पर्क राखेको ७२ घण्टा नाघी सके पनि डाक्टरको सल्लाह लिने सुझाउ दिन्छौ।
तपाईले यो चक्की प्राप्त गर्न स्त्री तथा प्रसुति रोग विशेषज्ञलाई भेटि डाक्टरको पुर्जा लिनु पर्छ। तपाई क्लिनिक जान असमर्थ भए, तपाईले टेलिमेडिसिनबाट पनि डाक्टरको पुर्जा प्राप्त गर्न सक्नु हुन्छ।
नोभेम्बर २८, २०२३ देखि आपतकालिन गर्भनिरोधक फार्मेसीहरुमा परिक्षणको लागि ओभर–द–काउन्टर विक्रिको लागि उपलब्ध छ । तपाई प्रिस्क्रिप्सन बिना किन्न सक्नुहन्छ । तर यो अनुसन्धान अध्ययनको अंश भएको हुनाले, यदि तपाईं तिनीहरूलाई किन्न चाहनुहुन्छ भने, तपाईं सर्वेक्षणमा भाग लिन र मद्दत गर्न सहमत हुन आवश्यक छ। हाल, राष्ट्रव्यापी 145 फार्मेसीहरूले (कुमामोटो प्रिफेक्चरमा तीन सहित) सो औषधीहरु बेचिरहेका छन्। कुनै फार्मेसीमा जानुअघि फोनबाट बुकिङ्ग गर्नु पर्दछ । यदि तपाई सर्बेक्षणमा भाग लिन सहमत हुनुहुन्छ भने तपाईले “आपतकालिन गर्भनिरोधक परिक्षण विक्रि सुचना” मा फार्मेसीहरुको सुची हेर्न सक्नु हुन्छ ।
यो चक्कीको खर्च स्वास्थ्य बीमाले व्योहोर्दैन, त्यस कारणले यसको लागि लाग्ने सम्पूर्ण खर्च तपाई आफैले तिर्नु पर्छ। लेभोनोर्जेस्ट्रलको कम्तिमा ५००० येन पर्छ। नोर्रेभोको १५,००० देखि २०,०००० येन पर्छ।
औषधि पसल बाहेक अरु ठाउँ जस्तै कि नेपाली सामान/ खाना पाउने पसलहरु बाट यो चक्की किनी सेवन गरे हानीकारक हुन सक्छ किन कि औषधिको म्याद सकिएको हुन सक्छ वा औषधि न्यून गुणको हुनसक्छ।
यदि तपाई यौन अपराध वा हिंसाको शिकार हुनुहुन्छ र तपाईले पुलिसलाई रिपोर्ट गर्नुभयो भने, तपाई सरकारको खर्चको अधीनमा हुन सक्नुहुन्छ। यस अवस्थामा, आकस्मिक गर्भनिरोधकको खर्च सरकारले व्योहोर्छ। यौन अपराध र हिंसाको शिकार हुनेहरूले समर्थन तथा सल्लाह केन्द्रमा सम्पर्क गरि कुरा गर्नुहोस्।
राष्ट्रव्यापी परामर्शको लागि सूची
https://www.gender.go.jp/policy/no_violence/seibouryoku/consult.html
योरसाइड कुमामोतो
http://yourside-kumamoto.jp/
यदि कुमामोतोमा बसोबास गर्ने व्यक्ति हिंसाको सिकार भए योरसाइडसँग परामर्श लिन सक्नुहुन्छ। तपाईले पुलिसलाई क्षति रिपोर्ट नगरे पनि, आकस्मिक गर्भनिरोधक सरकारको दायित्व हुन सक्छ।