परामर्श सम्बन्धि जानकारी
यदि तपाईलाई आफु गर्भवती भएको शंका लागेको छ वा गर्भवती हुनुहुन्छ भने, यसलाई गोप्य नराख्नुहोस् र सहयोग लिनुहोस्। परामर्श वा मद्दतको लागि कुमामोतो प्रान्तमा रहेका यी सहयोग संस्थाहरूलाई सम्पर्क गर्नुहोस्।
कुमास्ताका एसोसिएसन फर लिभिङ्ग टुगेदर विथ माइग्रेन्त्स
कुमास्ताका एसोसिएसन फर लिभिङ्ग टुगेदर विथ माइग्रेन्ट्स कुमामोतोमा स्थित एक निजी संस्था हो। हामी जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूलाई परामर्श सेवाहरू प्रदान गर्दछौं। यदि तपाईलाई भियतनामी भाषामा परामर्श चाहिएको अवस्थामा, कृपया हामीलाई पहिले ईमेल गर्नुहोस्। (यदि तपाई जापानी वा अंग्रेजी बाहेक अन्य भाषामा परामर्श गर्न चाहानुहुन्छ भने, कृपया हामीलाई पहिले नै ईमेल गर्नुहोस् वा फेसबुकको माध्यमबाट मेसेज पठाउनुहोस्।)
परामर्शका प्रकारहरू: बसोबास योग्यता, रोजगार, सामाजिक सुरक्षा, घरेलु हिंसा र पार्टनरहरू बीच समस्याहरू, बच्चाहरूको शिक्षा, आदि। समर्थित भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ, तागालोग, भियतनामी ३-२-१४-४०२ सुइजेन्जी, चुओ-कु, कुमामोटो सिटी, ८६२-०९५० ईमेल: [email protected] |
जापानमा प्रवासी नेपालीहरूको लागि सूचना प्रवाह नेटवर्क
हामी जापानमा बसोबास गर्नुहुने नेपाली आप्रवासीहरूको लागि जानकारी प्रदान गर्दछौं। तपाईले हामीलाई फेसबुक मार्फत नेपाली, अंग्रेजी वा जापानी भाषामा सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईलाई गर्भावस्था र बच्चाको जन्मको सम्बन्धमा कुनै चिन्ता छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
|
कुमामोतोमा बसोबास गर्ने विदेशी नागरिकहरूको लागि कुमामोतो सहयोग केन्द्र
कुमामोतो प्रान्तमा स्थित कुमामोतो सहयोग केन्द्र विदेशी बासिन्दाहरूको लागि सार्वजनिक परामर्श केन्द्र हो। हामी बहुभाषी परामर्श प्रदान गर्दछौं ताकि कुमामोतोका विदेशी बासिन्दाहरू मानसिक शान्तिको साथ बाँच्न सकून्। व्यक्तिगत-रुपमा परामर्श केन्द्रको कार्यालयमा गएर वा फोन वा ईमेल मार्फत परामर्श लिन सकिन्छ।
परामर्शका प्रकार : निवास सम्बन्धि प्रक्रिया, रोजगार, स्वास्थ्य सेवा, कल्याण, शिशुको जन्म/ बच्चा पालन / बाल शिक्षा, आदि। भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, नेपाली, इन्डोनेसियन, तागालोग, थाई, पोर्तुगली, स्पेनिश, मलेय, फ्रेन्च, रूसी, जर्मन, इटालियन, बर्मेली, खमेर, मंगोल ६-१८-१, सुइजेंजी, चुओ-कु, कुमामोतो सिटी, ८६२-८५७०, प्रान्त कार्यालयको मुख्य भवनको सातौं तल्ला फोन: ०८०-४२७५-४४८९ |
विदेशी बासिन्दाहरूको लागि कुमामोतो परामर्श र सहयोग प्लाजा
विदेशी बासिन्दाहरूको लागि कुमामोतो परामर्श र सहयोग प्लाजा कुमामोतो शहरद्वारा प्रदान गरिएको एक सार्वजनिक परामर्श सेवा हो। हामी बहुभाषी परामर्श प्रदान गर्दछौं ताकि कुमामोतोमा बसोबास गर्ने विदेशीहरूले मानसिक शान्तिको साथ जीवन बिताउन सकून्। व्यक्तिगत-रुपमा परामर्श केन्द्रको कार्यालयमा गएर वा फोन वा ईमेल मार्फत परामर्श लिन सकिन्छ।
परामर्शका प्रकार: निवास सम्बन्धि प्रक्रिया, रोजगार, स्वास्थ्य सेवा, कल्याण, शिशुको जन्म/ बच्चा पालन / बाल शिक्षा, आदि। भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, नेपाली, इन्डोनेसियन, तागालोग, थाई, पोर्तुगली, स्पेनिश, मलेय, फ्रेन्च, रूसी, जर्मन, इटालियन, बर्मेली, खमेर ४-१८ हानाबाताचो, चुओ-कु, कुमामोतो सिटी, ८६०-०८०६ कुमामोतो सिटी इन्टरनेश्नल सेन्टर, दोस्रो तल्ला फोन: ०९६-३५९-४९९५ |
एसियन महिला केन्द्र
एसियन महिला केन्द्र फुकुओकामा अवस्थित एक निजी संगठन हो। हामी खासगरी एसियन महिला र बालबालिकाहरूलाई परामर्श र सहयोग प्रदान गर्दछौं। हामी विभिन्न भाषाहरूमा टेलिफोन परामर्श पनि प्रदान गर्दछौं।
परामर्शको प्रकार: घरेलु हिंसा / पार्टनरसंग समस्या, गर्भावस्था / बच्चाको जन्म / बच्चा पालन, निवास स्थिति, स्वास्थ्य सेवा, रोजगार, यौन हिंसा, आदि। भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ (कृपया अन्य भाषाहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्) फोन / फ्याक्स: ०९२-५१३-७३३३( (सोमबार देखि शुक्रबार:बिहानको ९ बजे देखि दिउसो ५ बजे सम्म) ईमेल: [email protected] |
कुमामोतो YWCA
कुमामोतो YWCA मुख्य रूपमा महिलाहरू द्वारा आयोजित एक गैरसरकारी संस्था हो जो अन्तर्राष्ट्रिय आदान प्रदान, शान्ति गतिविधि र प्रकोपबाट प्रभावित क्षेत्रहरूको सहयोगको लागि केन्द्रित छ। हामी एक सामुदायिक क्याफे पनि चलाउँछौं। तपाई हाम्रो कार्यालयमा कुनै बेला पनि पाल्न सक्नु हन्छ।
यसको अतिरिक्त, कुमामोतो YWCA ले फेसबुकमा गर्भावस्था र बच्चाको जन्मको बारेमा भियतनामी भाषामा जानकारी र परामर्श सेवा प्रदान गर्दछौं। परामर्शका प्रकारहरू: यदि तपाईलाई कुनै समस्या वा एक्लोपनको भावना छ भने, कोसँग कुरा गर्ने थाहा छैन वा कसैले तपाईको कुरा सुनुन् चाहनु हन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। यसको लागि जापानी भाषा आवश्यक छैन। समर्थित भाषाहरू: जापानी, अंग्रेजी, थाई, अरब, भियतनामी २-२७-२१ कुमामोतो, चुओ-कु, कुमामोतो सिटी, कुमामोतो ८६०-०८६२ फोन/फ्याक्स: ०९६-३४६-३४१९ इमेल: [email protected] कार्यालय खुल्ने दिनहरु: मंगलबार देखि शनिबार सम्म (बिहानको १० बजे देखि दिउसो ५ बजे सम्म) कार्यालय बन्द हुने दिनहरु: आइतबार, सोमबार र सार्वजनिक बिदाका दिनहरु |
टेक्निकल इंटर्न ट्रेनीहरूको (Technical Intern Trainees) लागि कानूनी सल्लाह कार्यालय
हामी टेक्निकल इंटर्न ट्रेनीले भोग्ने विभिन्न समस्याहरुको लागि कानुनी सेवा प्रदान गर्दछौं, जस्तै कि "मेरो गर्भावस्थाका कारण मेरो हाकिमले मलाई नराम्रो व्यवहार गरे", "मैले जापानमा अनुमति नभएको तरिकाबाट गर्भपतन गराए" र "मेरो साथीलाई पुलिसले पक्राउ गरे"।
यो कार्यालय कुमामोतोमा भए पनि हामी टेक्निकल इंटर्न ट्रेनीका कानुनी समस्या र मुद्दामा काम गर्ने राष्ट्रव्यापी वकिलहरूसँग सम्पर्कमा जान सक्दछौं। परामर्शको प्रकार: कानूनी भाषाहरू: जापानी / अंग्रेजी (कृपया हामीलाई ईमेल द्वारा सम्पर्क गर्नुहोस्) २-१२-४३ क्योउमाचि, चुओ-कु, कुमामोतो शहर, ८६०-००७८ कुमामोटो केन्द्रीय कानून कार्यालय (जिम्मेवार व्यक्ति: इशिगुरो) फोन: ०९६-३२२-२५१५ (सोमबार देखि शुक्रबार सम्म ९:३०-१७:००) इमेल: [email protected] |
योर साइड कुमामोतो
योर साइड यौन हिंसाको शिकार व्यक्तिहरु र उनीहरूका परिवारहरुका लागि सहयोग केन्द्र हो।
परामर्श पछि, हामी विभिन्न एजेन्सीहरू जस्तै पुलिस, प्रसूति तथा स्त्री रोग विशेषज्ञ, मनोचिकित्सक, क्लिनिकल मनोवैज्ञानिक र वकिलहरूको साथ विस्तृत सहयोग प्रदान गर्दछौं। सबै परामर्श र सहयोग नि: शुल्क छन्। हामी सबै परामर्श गोपनीय राख्दछौं। परामर्शका प्रकार: यौन हिंसाको शिकार व्यक्तिहरुलाई लक्षित भाषा: जापानी फोन नम्बर: ०९६-३८६-५५५५ (२४-घण्टा हटलाइन सेवा) |
घरेलु हिंसा हटलाइन प्लस
यो हेल्पलाइन घरेलु हिंसाको शिकार भएकाहरुको लागि हो।
एकजना अनुभवी परामर्शकर्ताले तपाईले आफ्नो पार्टनरबाट भोग्नु परेको हिंसाको बारे तपाईसंग छलफल गर्नु हुनेछ। यदि तपाईको पार्टनरले तपाईलाई शारीरिक दुर्व्यवहार गरेमा, गर्भनिरोधकको प्रयोग गर्न नमाने वा गर्भपात गर्न बाध्य पारि राखेको खण्डमा, कृपया यो हेल्पलाइनमा सम्पर्क गर्नुहोस्। फोन र इमेलबाट परामर्श २४ घण्टा नै उपलब्ध छ भने अनलाइन च्याट (SNS) बाट १२:०० देखि २२:०० सम्म १० वटा भाषाहरुमा परामर्श प्राप्त गर्न सक्नुहुन्छ। हामी व्यतिगत रुपमा आमने सामने परामर्श र चाहिएको सहयोग पनि प्रदान गर्दछौं। हामी तपाईलाई बस्नको लागि सुरक्षित स्थान पनि प्रदान गर्दछौं। |
द ओर्गनाइजेशन फोर टेक्निकल इंटर्न ट्रेनिंग (OTIT)
OTIT ले तपाईको मातृभाषामा २४ घण्टा नै परामर्श सेवाहरू प्रदान गर्दछ। यदि तपाई एक टेक्निकल इंटर्न ट्रेनी/ प्राविधिक इंटर्न प्रशिक्षार्थी हुनुहुन्छ र गर्भवती हुनुहुन्छ भने कृपया उहाँहरुसँग परामर्श लिनुहोस्।
लक्षित समूह: टेक्निकल इंटर्न ट्रेनीहरू परामर्शका विषयहरु: जापानमा जीवन र प्राविधिक इंटर्नशिप प्रशिक्षण को बारेमा भाषाहरू: अंग्रेजी, चिनियाँ, भियतनामी, तागालोग, इन्डोनेसियाली, थाई, खमेर र बर्मेली भाषा |