म बच्चा जन्माउन चाहन्छु। के मैले मेरो जागिर वा स्कूल छोड्नु पर्छ?
गर्भावस्था, शिशुको जन्म र रोजगार
गर्भावस्था वा बच्चा जन्माएको कारणले जागिरबाट बर्खास्त गर्नु जापानी कानून द्वारा निषेध गरिएको छ।
जापानी कानूनले कुनै कम्पनीले आफ्नो कर्मचारीहरुलाई गर्भावस्था वा बच्चा जन्माएको कारण जागिरबाट हटाउन वा उनीहरूलाई नराम्रो व्यवहार गर्न निषेध गर्दछ। गर्भवती र सुत्केरी महिला कामदारहरुका लागि, साथै टेक्निकल इंटर्न ट्रेनीहरुका लागि पनि रोजगारको सुनिश्चितताका कानूनहरू छन्। यदि तपाईलाई गर्भावस्था वा बच्चा जन्माएको कारणले गर्दा कम्पनी छोड्न वा आफ्नो देश फर्कन बाध्य बनाइएको छ भने, कृपया तुरून्त सहायता लिनुहोस्।
(कृपया टेक्निकल इंटर्न ट्रेनिंग प्रोग्राम सुचिपत्रको पृष्ठ २९ हेर्नुहोस्।)
यदि तपाईलाई गर्भावस्था वा सुत्केरी भएको कारणले कम्पनि छोड्न वा आफ्नो देश फर्किन बाध्य पारिएको छ भने कृपया तुरन्त सहायता खोज्नुहोस् ।
समान रोजगार अवसर कानूनमा आमाहरूको स्वास्थ्यको लागी केहि शर्तहरु छन्
कम्पनीले यो सुनिश्चित गर्नु पर्छ कि कर्मचारीहरुसँग प्रसूति जाँचको लागि जान आवश्यक समय छ।
कानूनले तोकेको बिदा लिन मिल्ने दिनहरु यस प्रकार छन्:
गर्भावस्थामा:
गर्भावस्थाको २३ औं हप्ता सम्म, हरेक ४ हप्तामा
गर्भावस्थाको २४ औं देखि ३५ औं हप्ता सम्म, हरेक २ हप्तामा
गर्भावस्थाको ३६ औं देखि शिशुको जन्म सम्म, हरेक हप्ता
बच्चा जन्मिए पछि (बच्चाको जन्मको १ वर्ष भित्र):
तपाईको डाक्टरको निर्देशन अनुसार।
यदि एक गर्भवती वा सुत्केरी महिलालाई डाक्टरबाट विशेष निर्देशन छ भने, कम्पनीले डाक्टरको निर्देशन अनुसार महिलाको काम परिवर्तन गर्नुपर्नेछ।
कर्मचारीहरूले निम्न परिवर्तनको लागि अनुरोध गर्न सक्छन्:
गर्भावस्था, प्रसव आदिको आधारमा प्रतिकुल व्यवहारको निषेध।
कम्पनीले गर्भावस्था, बच्चाको जन्म, बच्चा जन्माउनु भन्दा पहिले वा पछि लिने बिदा वा गर्भावस्थाको समयमा काम गर्ने समयमा परिवर्तन जस्ता परिस्थितिहरूको कारण कर्मचारीहरूलाई कामबाट हटाउन वा भेदभाव गर्न सक्दैन।
उल्लेखनिय प्रतिकुल व्यवहारका उदाहरणहरु
यदि तपाईंले गर्भावस्था वा प्रसवको कारण प्रतिकुल व्यवहार गरिएको छ भने, कृपया हामीसँग परामर्श गर्नुहोस्।
तपाईं नजिकैको प्रिफेक्चुरल लेबर ब्यूरोको रोजगार वातावरण र समानता कार्यालयसँग पनि परामर्श गर्न सक्नुहुनेछ।
रोजगार वातावरण तथा समानता विभाग (कार्यालय) को स्थानहरूको सूची:https://www.mhlw.go.jp/content/000177581.pdf(जापानी)
श्रम मापदण्ड कानूनले गर्भावस्था र बच्चा जन्माउदा महिलालाई बचाउन केही न्यूनतम मापदण्डहरू स्थापित गरेको छ:
यी कानूनहरू स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको वेबसाइटमा पनि लेखिएका छन्। (जापानी भाषामा)
https://www.mhlw.go.jp/bunya/koyoukintou/seisaku05/01.html
गर्भावस्थामा महिलाको दिमाग र शरीरमा भारी बोझ हुन्छ । यदि तपाई गर्भवती हुनुहुन्छ र असहज महसुश भएको छ भने कम्पनीलाई सामग्री र कामको परिमाण मिलाउनको लागी जानकारी दिन आफ्नो डाक्टरसँग परामर्श लिनुहोस् । कम्पनीमा डाक्टरको मार्गदर्शनको सामग्रीहरू सम्प्रेषण गर्न, तपाईं डाक्टरलाई " मातृ स्वास्थ्य व्यवस्थापन निर्देशन सम्बन्धि सम्पर्क कार्ड (बोसेइ केन्कोकानरी सिदोजिको रेनराकु कार्ड) " लेख्न सोध्न सक्नुहुन्छ।
यदि तपाई गर्भवती हुनुहुन्छ भने तपाईले आफ्नो जागिर छोड्नुपर्दैन। तपाईले जापानमा बच्चा पाएर सुत्केरी बिदा लिएका एकजना टेक्निकल इंटर्न ट्रेनीको अनुभवको बारेमा पढ्न तल क्लिक गर्न सक्नुहुन्छ।

- गर्भावस्थाको समयमा काममा जाने यात्रामा (जस्तै कि कामको समय परिवर्तन गर्ने वा छोटो पार्ने)
- गर्भावस्थामा कामको क्रममा विश्राम (जस्तै कि लामो र/वा अधिक विश्राम समय)
- गर्भावस्थामा वा बच्चा जन्माए पछि स्वास्थ्य समस्याको लक्षण अनुसार (जस्तै कि काम सीमित गर्ने र/वा बिदा लिने)
गर्भावस्था, प्रसव आदिको आधारमा प्रतिकुल व्यवहारको निषेध।
कम्पनीले गर्भावस्था, बच्चाको जन्म, बच्चा जन्माउनु भन्दा पहिले वा पछि लिने बिदा वा गर्भावस्थाको समयमा काम गर्ने समयमा परिवर्तन जस्ता परिस्थितिहरूको कारण कर्मचारीहरूलाई कामबाट हटाउन वा भेदभाव गर्न सक्दैन।
उल्लेखनिय प्रतिकुल व्यवहारका उदाहरणहरु
- बर्खास्तगी गर्ने ।
- जबरजस्ती राजीनामा गर्न लगाउने ।
- रोजगार करार नवीकरण नगर्ने ।
- रोजगारी सम्झौताको नविकरण गर्न चाहिने अंक अधिकतम कायम गरेपनि त्यसलाई घटाउने ।
- नियमित कर्मचारीहरूलाई गैर-नियमित कर्मचारीहरू, जस्तै पार्ट टाइम कामदारहरूमा परिवर्तन गर्ने ।
- असुविधाजनक होम क्वारेन्टाइन आदेश दिने ।
- तलब कटौती गर्ने ।
यदि तपाईंले गर्भावस्था वा प्रसवको कारण प्रतिकुल व्यवहार गरिएको छ भने, कृपया हामीसँग परामर्श गर्नुहोस्।
तपाईं नजिकैको प्रिफेक्चुरल लेबर ब्यूरोको रोजगार वातावरण र समानता कार्यालयसँग पनि परामर्श गर्न सक्नुहुनेछ।
रोजगार वातावरण तथा समानता विभाग (कार्यालय) को स्थानहरूको सूची:https://www.mhlw.go.jp/content/000177581.pdf(जापानी)
श्रम मापदण्ड कानूनले गर्भावस्था र बच्चा जन्माउदा महिलालाई बचाउन केही न्यूनतम मापदण्डहरू स्थापित गरेको छ:
- यदि कुनै गर्भवती महिलाले ६ हप्ता भित्रमा (वा एउटा गर्भमा एक भन्दा बढी भूर्ण बोकेको खण्डमा १४ हप्ता) बच्चा जन्माउने अपेक्षा गरिएको छ र सुत्केरी बिदाको लागि अनुरोध गर्नु भएको छ भने कम्पनीले उनलाई काम गर्न बाध्य पार्न सक्दैन। कम्पनीले सुत्केरी भएको ८ हप्ता सम्म पनि महिलालाई काम गर्न जबरजस्ती गर्न सक्दैन। (नोट: यदि महिला काम गर्न चाहन्छिन् र बच्चा जन्माए पछिको छैठौं हप्तामा छिन् भने, उनको स्वास्थ्यलाई हानिकारक नभए र उहाँको डाक्टरले अनुमति दिए, कम्पनीले उहाँलाई काममा बोलाउन सक्छ)
टेक्निकल इंटर्न ट्रेनीहरूले पनि बच्चा जन्माउन बिदा लिन सक्छन्। - यदि गर्भवती महिलाले अनुरोध गरे, कम्पनीले उनलाई हल्का काम स्थानान्तरण गर्नुपर्छ।
- कम्पनीले गर्भवती वा सुत्केरी महिलालाई गर्भावस्था, बच्चाको जन्म वा बच्चा हुर्काउनका लागि हानिकारक भए, काम गर्न अनुमति दिन सक्दैन।
- यदि गर्भवती वा सुत्केरी महिलाले अनुरोध गरेमा, कम्पनीले उनलाई कानुनी रुपमा तोकेको समय भन्दा बढी लामो समयसम्म काम गर्न जबरजस्ती गर्न सक्दैन।
- यदि एक गर्भवती वा सुत्केरी महिलाले अनुरोध गरे, कम्पनीले उनलाई ओभरटाइम काम गर्न, उनको बिदाको दिनमा काम गर्न, वा राती अबेर काम गर्न जोड गर्न सक्दैन।
- १ बर्ष मुनिका बच्चालाई हुर्काउने महिलाहरूले बच्चाको हेरचाहको निम्ति कम्तिमा दैनिक २ चोटी ३० मिनेटको समयको लागि अनुरोध गर्न सक्दछन्।
- यदि कम्पनीले यी कानूनहरूको पालना गरेन भने कम्पनीको मालिकलाई ६ महिना सम्मको कैद वा ३००,००० येन सम्मको जरिवानाको सजाय दिइनेछ।
यी कानूनहरू स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको वेबसाइटमा पनि लेखिएका छन्। (जापानी भाषामा)
https://www.mhlw.go.jp/bunya/koyoukintou/seisaku05/01.html
गर्भावस्थामा महिलाको दिमाग र शरीरमा भारी बोझ हुन्छ । यदि तपाई गर्भवती हुनुहुन्छ र असहज महसुश भएको छ भने कम्पनीलाई सामग्री र कामको परिमाण मिलाउनको लागी जानकारी दिन आफ्नो डाक्टरसँग परामर्श लिनुहोस् । कम्पनीमा डाक्टरको मार्गदर्शनको सामग्रीहरू सम्प्रेषण गर्न, तपाईं डाक्टरलाई " मातृ स्वास्थ्य व्यवस्थापन निर्देशन सम्बन्धि सम्पर्क कार्ड (बोसेइ केन्कोकानरी सिदोजिको रेनराकु कार्ड) " लेख्न सोध्न सक्नुहुन्छ।
यदि तपाई गर्भवती हुनुहुन्छ भने तपाईले आफ्नो जागिर छोड्नुपर्दैन। तपाईले जापानमा बच्चा पाएर सुत्केरी बिदा लिएका एकजना टेक्निकल इंटर्न ट्रेनीको अनुभवको बारेमा पढ्न तल क्लिक गर्न सक्नुहुन्छ।
यदि गर्भवती प्राविधिक इन्टर्न प्रशिक्षार्थीले आफुले भाग लिएको प्रशिक्षण गर्न असमर्थ भएमा, उसले पर्यवेक्षण संस्थालाई प्राविधिक इन्टर्न प्रशिक्षण योजना परिवर्तन गर्न अनुरोध गर्न सक्छिन् ।
यदि बच्चा जन्मिएको कारणले प्राविधिक इन्टर्न प्रशिक्षार्थीले प्रशिक्षण जारी राख्न नसकेमा प्राविधिक इन्टर्न प्रशिक्षण अस्थायी रुपमा स्थगित गर्न सकिन्छ । प्रशिक्षणलाई अस्थायी रुपमा स्थगित गर्दा कम्पनीसँगको रोजगारी सम्बन्ध निरन्तर रहनुपर्छ । प्रशिक्षण अस्थायी रुपमा स्थगित गर्नु अघि पर्यवेक्षण संस्थालाई OTIT (प्राविधिक इन्टर्न प्रशिक्षण संगठन) मा “प्राविधिक इन्टर्न प्रशिक्षण कार्यान्वयनमा कठिनाईको सूचना技能実習実施困難時届出書 ginojisshu-konnanji-todokedesho” (प्रसुति बिदा वा सुत्केरीको कारण) पेश गर्न भन्नुहोस् । साथै प्रसुति बिदा जस्ता प्रक्रियाहरु गर्न कम्पनीलाई सोध्नुहोस् । प्रसुति बिदा पछि तपाई प्राविधिक इन्टर्न प्रशिक्षण पुनः शुरु गर्न सक्नुहुन्छ ।
कृपया हरेस नखानुहोस्। यदि तपाईले नियोजित वा अनियोजित रुपमा गर्भवती हुनुहुन्छ, तपाईसँग अनुचित व्यवहार हुदैछ र तपाईलाई मद्दत चाहिन्छ भने कृपया यहाँ भएका संस्थाहरुलाई सम्पर्क गरि परामर्श लिनुहोस्!