日本でのにんしん
  • Home
    • 相談先
    • 避妊
    • 妊娠したかも
    • 妊娠と仕事
    • 妊娠と学校
    • 妊娠出産の費用
    • 在留資格
    • 中絶
    • 赤ちゃんポスト
    • 技能実習生の話
    • 留学生の話
    • リンさんは無罪
    • 寄付のお願い
    • 書籍紹介
  • Tiếng Việt
    • Nơi Tư Vấn (consultation)
    • Phòng tránh thai (contraception)
    • Mang thai (pregnant)
    • Mang thai và làm việc (work)
    • Mang thai và trường học (school)
    • Chi phí (expense)
    • Tình trạng lưu trú (status)
    • Bỏ thai (abortion)
    • Hộp thư trẻ sơ sinh (babay hatch)
    • Câu chuyện của thực tập sinh kỹ năng(実習生)
    • Mang thai và trường học (student)
  • English
    • Consultation
    • Contraception
    • might be pregnant.
    • pregnancy and work
    • pregnancy & school
    • expenses for childbirth
    • status of residence
    • abortion
    • Baby Hatch
    • Technical Intern Trainee
    • international student
    • Ms.Linh is not guilty
  • नेपाली
    • परामर्श Consultation
    • गर्भनिरोधन Contraception
    • गर्भवती हुन सक्छ pregnant
    • काम work
    • विद्यालय school
    • खर्चहरु expenses
    • निवासको स्थिति status
    • गर्भपतन abortion
    • शिशु पोस्ट baby hatch
    • टेक्निकल इंटर्न ट्रेनी Trainee
    • अन्तर्राष्ट्रिय विद्यार्थी student
  • 中文
    • 信息咨询
    • 避孕
    • 怀孕
    • 工作
    • 学校
    • 怀孕和分娩的费用
    • 在留资格
    • 流产
    • 婴儿信箱
    • 技能实习生
    • 留学生
  • Filipino
    • KONSULTASYON
    • Kontrsepsiyon
    • Maaaring nagdadalang-tao(pregnant.)
    • Ang pagbubuntis at ang trabaho (work)
    • Ang pagbubuntis at and pag-aaral(school)
    • Mga gastos sa panganganak(expenses)
    • Katayuan ng paninirahan(visa)
    • Pagpapalaglag(abortion)
    • Baby Hatch (Tag)
    • Technical Intern Trainee
    • internasyonal na estudyante
    • Walang kasalanan si Ms. Linh
  • Indonesia
    • Konsultasi (Consultation)
    • Kontrasepsi (Contraception)
    • Mungkin sedang hamil (might be pregnant.)
    • Kehamilan dan Pekerjaan (work)
    • Kehamilan dan Sekolah (school)
    • Biaya Persalinan (expenses)
    • Status Izin Tinggal (status)
    • aborsi (abortion)
    • Kotak Pos Bayi (BabyHatch)
    • Pemagang Kerja Teknis (TIT)
    • Pelajar Internasional (international student)
    • Linh Tidak Bersalah
  • မြန်မာဘာသာ
    • တိုင်ပင်ဆွေးနွေးရန်နေရာ(Consultation)
    • ကိုယ်ဝန်မရအောင်တားဆီးခြင်း(contraception)
    • ကိုယ်ဝန်ရှိကောင်းရှိနေလိမ့်မယ်(pregnant)
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် အလုပ်ပါလုပ်နေ&#
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် ကျောင်းပါတက်န&#
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် မီးဖွားခြင်းအ&#
    • နေထိုင်ခွင့်အမျိုးအစား/အခြေအနေ(status)
    • ကိုယ်ဝန်ဖျက်ချခြင်း(abortion)
    • ဘေဘီပို့စုတို (baby hatch)
    • နည်းပညာအလုပ်သင်များ၏ပြောပြချက်(TITP)
    • ကျောင်းသားများ၏ပြောပြချက်(student)
    • လင်းစံသည် အပြစ်မရှိပါ (Mr.Linh)
  • Home
    • 相談先
    • 避妊
    • 妊娠したかも
    • 妊娠と仕事
    • 妊娠と学校
    • 妊娠出産の費用
    • 在留資格
    • 中絶
    • 赤ちゃんポスト
    • 技能実習生の話
    • 留学生の話
    • リンさんは無罪
    • 寄付のお願い
    • 書籍紹介
  • Tiếng Việt
    • Nơi Tư Vấn (consultation)
    • Phòng tránh thai (contraception)
    • Mang thai (pregnant)
    • Mang thai và làm việc (work)
    • Mang thai và trường học (school)
    • Chi phí (expense)
    • Tình trạng lưu trú (status)
    • Bỏ thai (abortion)
    • Hộp thư trẻ sơ sinh (babay hatch)
    • Câu chuyện của thực tập sinh kỹ năng(実習生)
    • Mang thai và trường học (student)
  • English
    • Consultation
    • Contraception
    • might be pregnant.
    • pregnancy and work
    • pregnancy & school
    • expenses for childbirth
    • status of residence
    • abortion
    • Baby Hatch
    • Technical Intern Trainee
    • international student
    • Ms.Linh is not guilty
  • नेपाली
    • परामर्श Consultation
    • गर्भनिरोधन Contraception
    • गर्भवती हुन सक्छ pregnant
    • काम work
    • विद्यालय school
    • खर्चहरु expenses
    • निवासको स्थिति status
    • गर्भपतन abortion
    • शिशु पोस्ट baby hatch
    • टेक्निकल इंटर्न ट्रेनी Trainee
    • अन्तर्राष्ट्रिय विद्यार्थी student
  • 中文
    • 信息咨询
    • 避孕
    • 怀孕
    • 工作
    • 学校
    • 怀孕和分娩的费用
    • 在留资格
    • 流产
    • 婴儿信箱
    • 技能实习生
    • 留学生
  • Filipino
    • KONSULTASYON
    • Kontrsepsiyon
    • Maaaring nagdadalang-tao(pregnant.)
    • Ang pagbubuntis at ang trabaho (work)
    • Ang pagbubuntis at and pag-aaral(school)
    • Mga gastos sa panganganak(expenses)
    • Katayuan ng paninirahan(visa)
    • Pagpapalaglag(abortion)
    • Baby Hatch (Tag)
    • Technical Intern Trainee
    • internasyonal na estudyante
    • Walang kasalanan si Ms. Linh
  • Indonesia
    • Konsultasi (Consultation)
    • Kontrasepsi (Contraception)
    • Mungkin sedang hamil (might be pregnant.)
    • Kehamilan dan Pekerjaan (work)
    • Kehamilan dan Sekolah (school)
    • Biaya Persalinan (expenses)
    • Status Izin Tinggal (status)
    • aborsi (abortion)
    • Kotak Pos Bayi (BabyHatch)
    • Pemagang Kerja Teknis (TIT)
    • Pelajar Internasional (international student)
    • Linh Tidak Bersalah
  • မြန်မာဘာသာ
    • တိုင်ပင်ဆွေးနွေးရန်နေရာ(Consultation)
    • ကိုယ်ဝန်မရအောင်တားဆီးခြင်း(contraception)
    • ကိုယ်ဝန်ရှိကောင်းရှိနေလိမ့်မယ်(pregnant)
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် အလုပ်ပါလုပ်နေ&#
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် ကျောင်းပါတက်န&#
    • ကိုယ်ဝန်ဆောင်ခြင်းနှင့် မီးဖွားခြင်းအ&#
    • နေထိုင်ခွင့်အမျိုးအစား/အခြေအနေ(status)
    • ကိုယ်ဝန်ဖျက်ချခြင်း(abortion)
    • ဘေဘီပို့စုတို (baby hatch)
    • နည်းပညာအလုပ်သင်များ၏ပြောပြချက်(TITP)
    • ကျောင်းသားများ၏ပြောပြချက်(student)
    • လင်းစံသည် အပြစ်မရှိပါ (Mr.Linh)
Search by typing & pressing enter

YOUR CART

म जापानमा गर्भवती भए वा बच्चालाई जन्म दिए मेरो भिसाको स्थिति के हुनेछ?


जब टेक्निकल इंटर्न ट्रेनी गर्भवती हुन्छिन्, उनलाई गर्भपतन गराउन वा आफ्नो देश फिर्ता जान बाध्य पारिन सक्छ र टेक्निकल इंटर्न ट्रेनीको रूपमा रहेको भिषा स्थितिलाई उनको इच्छा बिरूद्ध रद्द गरिने सम्भावना छ। तर जापानी कानूनले टेक्निकल इंटर्न ट्रेनीहरुको भिषालाई गर्भावस्थाका कारण खारेज गर्न वा आफ्नो देश फिर्ता पठाउन प्रतिबन्ध लगाएको छ। यदि टेक्निकल इंटर्न ट्रेनीले जापानमा वा आफ्नो देशमा बच्चालाई जन्म दिएको खण्डमा, उनको प्रशिक्षण सम्झौता निलम्बित हुनेछ, तर सुत्केरी बिदा पूरा गरेपछि यो फेरि सुचारु हुन सक्छ। टेक्निकल इंटर्न ट्रेनीको रूपमा आमाको भिषाको स्थिति पनि नवीकरण गर्न वा परिवर्तन गर्न सकिन्छ, र जापानमा जन्मेको उनको बच्चाले "स्पेसिफिक अक्टिभिटिज" भिषा प्राप्त गर्न सक्दछ।

आमाहरुको भिषाको स्थिति

यदि तपाई एक टेक्निकल इंटर्न ट्रेनी हुनुहुन्छ र अर्को टेक्निकल इंटर्न ट्रेनीसँग गर्भवती भई जापानमा बच्चालाई जन्म दिन चाहनु हुन्छ भने

यदि तपाईले सुत्केरी बिदा लिनुभयो र प्रवासको अवधि भित्र कामबाट छुट्टी लिनुभयो भने, "टेक्निकल इंटर्न ट्रेनी" को रूपमा भिषाको स्थिति (बसोबास योग्यता) उस्तै रहनेछ। सुत्केरी बिदाको बेला कामबाट केहि समयकोलागि बिदा लिएको बेला "टेक्निकल इंटर्न ट्रेनी" भिषालाई नवीकरण गर्न अनुमति दिन सकिन्छ। थप, तपाईले सुत्केरी बिदाको दौरान आफ्नो भिषालाई "टेक्निकल इंटर्न ट्रेनी" बाट ३ महिना भन्दा बढी बस्न मिल्ने "डेजिग्नेटेड अक्टिभिटिज" भिषा पनि परिवर्तन गर्न सक्नु हुन्छ। तपाईले प्रशिक्षण पुनः सुरु गर्दा भिषालाई फेरी "टेक्निकल इंटर्न ट्रेनी" मा परिवर्तन गर्न सक्नुहुनेछ।

यदि तपाई एक टेक्निकल इंटर्न ट्रेनी हुनुहुन्छ र अर्को टेक्निकल इंटर्न ट्रेनीसँग गर्भवती भई आफ्नो देशमा बच्चालाई जन्म दिएर जापान फर्कन चाहनु हुन्छ भने

तपाई प्रशिक्षण स्थगित भएको बेला कम्पनीसँग रोजगार सम्झौता कायम गरी आफ्नो देश फर्कन सक्नुहुन्छ। फर्किनु भन्दा पहिले तपाईलाई निरीक्षण गर्ने संस्थाले OTIT मा सुत्केरी बिदा र बच्चाको जन्मका कारण टेक्निकल इंटर्न ट्रेनिंग कठिनाइको "技能 実 習 実 施 困難 時 届 出 書 गीनोजिश्शुजिश्शीकोनामेंतोदोकेशो " भनिने सूचना फारम बुझाउनु पर्छ र सुत्केरी बिदाको लागि आवश्यक प्रक्रिया पूरा गर्नु पर्छ।
 
यदि तपाईको आवासीय स्थिति “प्राविधिक इन्टर्न प्रशिक्षण (i) वा (ii)” को म्याद समाप्त भएपछि प्रशिक्षण पुनः शुरु गर्दै हुनुहुन्छ भने तपाईले प्राविधिक इन्टर्न प्रशिक्षण योजना परिवर्तन गर्नको लागी OTIT बाट आवश्यक स्वीकृति प्राप्त गर्नुपर्दछ । त्यसपछि तपाईले अध्यागमन ब्यूरोमा "योग्यताको प्रमाणपत्र" को लागी आवेदन दिनुपर्नेछ र “प्राविधिक इन्टर्न प्रशिक्षण (i) वा (ii)” को भिषा लिएर फेरी जापान आउनुहुनेछ ।
 
यदि तपाई जापानको आवासीय स्थितिको म्याद समाप्त हुनु अगावै पुनःप्रबेश गर्दा “योग्यताको प्रमाणपत्र” को लागी आवेदन दिनुपर्दैन । यद्यपी, सुत्केरीको कारण प्रशिक्षण रोकिएकोले तपाईको आवासीय स्थिति ((i) बाट (ii) वा (ii) बाट (iii)) परिवर्तन अथवा स्थिति नविकरण ((ii) बाट (ii)) गर्दा तपाईले प्राविधिक इन्टर्न प्रशिक्षण योजना परिवर्तन गर्नको लागी स्वीकृतिको लागी OTIT मा आवेदन दिनुपर्ने हुनसक्छ ।

यदि तपाई "स्पेसिफ़ाइड स्किल्ड वर्कर" हुनुहुन्छ र अर्को स्पेसिफ़ाइड स्किल्ड वर्कर सँग गर्भवती भई जापानमा बच्चालाई जन्म दिन चाहनु हुन्छ भने

तपाईले जापानमा बच्चा जन्माउदा र सुत्केरी बिदा लिदा पनि "स्पेसिफ़ाइड स्किल्ड वर्कर" को भिषा स्थिति कायम राख्न सक्नुहुन्छ। तर तपाईले आफ्नो रोजगारको सम्झौता कायम राख्न आवश्यक छ र यो तपाईको बसाई अवधि भित्र हुनु पनि आवश्यक छ। थप, यदि तपाई आफ्नै देशमा बच्चा जन्माउन चाहनु हुन्छ भने, तपाई सुत्केरी बिदा लिएर आफ्नो देशमा अस्थायी रुपमा बसेर "स्पेसिफ़ाइड स्किल्ड वर्कर" भिषामा पुनः जापान प्रवेश गर्न सक्नुहुनेछ। साथै, तपाईंले आफ्नो रोजगारको सम्झौता कायम गर्न आवश्यक छ र यो तपाईको बसाई अवधि भित्र हुनु आवश्यक छ। 

यदि तपाई एक अन्तर्राष्ट्रिय विद्यार्थी हुनुहुन्छ भने

विद्यार्थीहरुलाई प्रतिकुल व्यवहार गर्नु उपर्युक्त हुदैन, जस्तो कि गर्भावस्था वा सुत्केरी भएको आधारमा उसको इच्छा विपरीत विद्यालयबाट निष्कासन गर्नु । तसर्थ, आवासीय स्थिति निम्मानुसार व्यवस्था गरिएको छ ।
 
जापानमा बच्चा जन्माएको अवस्थामा, यदि तपाईले अनुपस्थितिको बिदा लिनुभयो र बसाईको अबधिमा विद्यालयमा भर्ना हुँदा बच्चा जन्माउनु भयो भने, तपाईको आवासीय स्थिति “विद्यार्थी” नै रहन्छ । साथै सुत्केरीको कारणले बिदामा बस्दा तपाईले आवासीय स्थिति “विद्यार्थी” को नविकरणको लागी आवेदन दिनुभयो भने पनि यसलाई विदेशमा अध्ययन गतिविधिहरु सुचारु नहुनुको उचित कारणको रुपमा मान्यता दिइन्छ र नविकरणलाई अनुमति दिइन्छ ।
 
यदि तपाई जापानमा गर्भवती भै तपाईको आफनो देशमा जन्म दिनुभयो र जन्म दिएपछि जापान पुनःप्रबेश गर्नुभयो भने तपाईको आवासीय स्थिति “विद्यार्थी” नै रहन्छ यदि तपाई बसाईको अबधि भित्र जापानमा पुनःप्रबेश गरेमा । यदि बसाईको अवधि समाप्त भएमा, तपाईले तपाईको विद्यालय “विद्यार्थी”को रुपमा पुनः योग्यताको प्रमाणपत्र को लागी आवेदन दिई जापान पुनःप्रबेश गर्नु पर्नेछ ।

जापानमा जन्मेका बच्चाहरूको भिषा स्थिति (बसोबास योग्यता)

यदि कुनै बच्चा त्यस्तो आमा–बुबाबाट जन्मिन्छ जसलाई परिवार ल्याउन अनुमति हुदैन । (जस्तैः प्राबिधिक इन्टर्न प्रशिक्षार्थीहरु)

प्राबिधिक इन्टर्न प्रशिक्षार्थीहरु विच जन्मेका बच्चाहरुले ६ महिना अबधिको “तोकिएको  गतिविधि” भिषा अध्यागमन कार्यालयमा जन्मेको ३० दिन (कम्तिमा ६० दिन भित्र) आबेदन दिएर प्राप्त गर्न सक्छन । यद्यपी, अहिले “सैद्धान्तिक रुपमा, अपरिहार्य परिस्थितिहरु नभएसम्म बस्ने अवधि बढाउन अनुमति दिइने छैन” भनिएको छ ।

“निर्दिष्ट दक्ष कामदार” स्थिति भएको आमा–बुबा वा “निर्दिष्ट दक्ष कामदार” स्थिति भएको र “प्राबिधिक इन्टर्न प्रशिक्षण” स्थिति भएको आमा–बुबाबाट जन्मिएको बच्चाको लागी बसाईको समान अबधि (एक वर्ष) को लागी “तोकिएको गतिविधि” आमा–बुबा (निर्दिष्ट दक्ष कामदार) को जस्तै बच्चालाई दिइन्छ । बसाईको अबधिमा यदि “निर्दिष्ट दक्ष कामदार” को भिषा नबिकरण÷थप भएमा बच्चाको “तोकिएको गतिविधि” स्थितिलाई त्यसैगरि नविकरण गर्न सकिन्छ ।

यदि जन्मिएको बच्चाको आमा टेक्निकल इंटर्न ट्रेनी हुनुहुन्छ र बुवा जापानी नागरिक, स्थायी वासिन्दा वा परिवारलाई आफूसंगै जापान ल्याउन मिल्ने भिषामा हुनुहुन्छ भने

​यदि गर्भवती टेक्निकल इंटर्न ट्रेनीको पार्टनरको भिषाले (जस्तै कि "विद्यार्थी" र "इन्जिनियर/मानविकी / अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञहरू") उहाँको परिवारलाई संगै जापानमा बस्न दिन्छ  र बच्चा जापानमा विवाहित दम्पत्तिबाट वा पैतृक मान्यता प्राप्त भई जन्मेको हो भने बच्चाले डिपेण्डेण्ट भिषा प्राप्त गर्दछ जसको लागि बच्चा जन्मेको ३० दिन भित्र (कम्तिमा ६० दिन भित्र) अध्यागमन कार्यालयमा गई आवेदन दिनु पर्छ।

यदि बच्चा जापानी नागरिकसँग वैवाहिक सम्बन्धमा रहेको अवस्थामा जन्मिएको हो भने, जन्मसँगै जापानी नागरिकता प्राप्त गर्छ। यदि जापानी बाबुले बच्चा जन्मनुभन्दा अघि नै पैतृक मान्यता दिएको छ भने पनि बच्चाले जापानी नागरिकता प्राप्त गर्न सक्छ। यस्तो अवस्थामा बच्चालाई भिषा आवश्यक पर्दैन।
यदि आमाबाबुबीच विवाह भएको छैन तर बच्चा जन्मिएपछि जापानी बाबुले पैतृक मान्यता दिनुभयो भने, बच्चाले पनि जापानी नागरिकता प्राप्त गर्न सक्छ। यसका लागि बच्चा १८ वर्ष नपुग्दै आवश्यक सर्तहरू पूरा गरी न्याय मन्त्रालयमा सूचना (Notification) दिनुपर्छ।
यदि गर्भवती टेक्निकल इंटर्न ट्रेनीको पार्टनर जापानको स्थायी निवासी (Permanent Resident) हुनुहुन्छ भने, आमाबाबुले विवाह गरेमा वा बाबुले बच्चालाई पैतृक मान्यता दिएमा, जापानमा जन्मिएको बच्चाले “Permanent Resident” वा “Spouse or Child of Permanent Resident” को भिषा प्राप्त गर्न सक्छ।

यदि तपाई स्पेसिफ़ाइड स्किल्ड वर्कर हो भने

यद्यपी “स्पेसिफ़ाइड स्किल्ड वर्कर (i)” लाई परिवारका सदस्यहरु ल्याउन अनुमति छैन भने “स्पेसिफ़ाइड स्किल्ड वर्कर (ii)” लाई परिवारका सदस्यहरु ल्याउन अनुमति दिईन्छ  । तसर्थ, “स्पेसिफ़ाइड स्किल्ड वर्कर (ii)” भएका व्यक्तिको बच्चा र पतिपत्नीले “डिपेन्डेन्ट” को भिषा प्राप्त गर्न सक्छन् ।

यदि तपाई अन्तर्राष्ट्रिय विद्यार्थी हुनुहुन्छ भने,

यदि तपाईको भिसा, जस्तै कि विश्वविद्यालयमा पढ्नलाई "विद्यार्थी भिषा" ले, तपाईको परिवारलाई तपाईसँग जापान आउने अनुमति दिन्छ भने, तपाईको पति/पत्नी वा बच्चाले "डिपेण्डेण्ट भिषा" को लागि आवेदन दिन सक्दछन्। तर, तपाई जापानी भाषा विद्यालयको विद्यार्थी हुनुहुन्छ भने, तपाईको  "विद्यार्थी" भिषाले तपाईको परिवारलाई तपाईसँग जापान जाने अनुमति दिँदैन।

यद्यपी, जन्मिएको ३० दिन भित्र अध्यागमन कार्यालयमा आवेदन दिए (कम्तिमा ६० दिन भित्र) बच्चाले "स्पेसिफ़ाइड अक्टिभिटिज (特定活動 tokuteikatsudou)" को ६ महिना बसाई (३ महिना भन्दा बढी बस्ने अबधि सहित) को भिषा प्राप्त गर्न सक्छ। यद्यपी, अहिले “सैद्धान्तिक रुपमा, अपरिहार्य परिस्थितिहरु नभएसम्म बस्ने अवधि बढाउन अनुमति दिइने छैन” भनिएको छ ।

तपाईले जापानमा बच्चा जन्माउन वा बच्चाको हेरचाह गर्न सहयोगका लागि आफ्नो परिवारको सदस्यको लागि "टेम्पोरेरि भिजिटर" (भिजिटिंग रिलेटिभ्स) भिसाको लागि आवेदन दिन सक्नुहुन्छ।
コムスタカ―外国人と共に生きる会
Kumustaka - Association for Living Together with Migrants

Nhóm Kumustaka – Đồng hành với người ngoại quốc

日本語     Tiếng Việt     English  नेपाली  中文 Tagalog Bahasa Indonesia

のシステムを使用 カスタマイズできるテンプレートで世界唯一のウェブサイトを作成できます。