म बच्चा जन्माउन चाहन्छु। के मैले मेरो जागिर वा स्कूल छोड्नु पर्छ?
गर्भावस्था, बच्चाको जन्म र विद्यालय
के म गर्भवती भएमा मलाई निष्कासित गरिनेछ?
यदि तपाईं गर्भवती हुनुभयो भने विद्यालयबाट निष्काशित गरिनेछ भनेर तपाईलाई जापान आउनु अघि वा विद्यालयमा प्रवेश गर्नु अघि भनिएको हुन सक्छ। तर, गर्भावस्थाका कारण विद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई निष्कासन गर्न अनुमति छैन। यदि तपाई गर्भवती हुनुहुन्छ भनेर थाहा पाउनुभयो भने, तुरून्त तपाईको शिक्षक वा विद्यालयका कर्मचारीहरूसँग कुरा गर्नुहोस्। यदि तपाईले आँफु गर्भवती भएको खबर नगरीकन विद्यालय छोड्नुभयो भने वा यदि तपाईले आफ्नो विद्यालयको शुल्क तिर्न सक्नु भएन भने, तपाईंलाई यी कारणहरुले गर्दा निष्काशित गर्न सकिन्छ।
यदि गर्भावस्थाले गर्दा वा बच्चाको जन्म पछि म अस्वस्थ्य भई गाह्रो भएर विद्यालय जान सकिन भने मैले के गर्नु सक्छु?
यदि तपाईलाई विद्यालयमा बारम्बार अनुपस्थित भएमा वा गर्भावस्था र बच्चाको जन्मले गर्दा लामो समय सम्म अनुपस्थित भएको कारणले विद्यालयबाट निष्काशित गरिएको खण्डमा, तपाईले "विद्यार्थी" भिसाको रूपमा आफ्नो बसोबास योग्यता गुमाउन सक्नुहुन्छ वा तपाईले आफ्नो भिसा नवीकरण गर्न नपाउन सक्नुहुन्छ। तपाईले बिना कुनै स्पष्टीकरण अनुपस्थित हुनुको सट्टा आफ्नो विद्यालयमा आफु गर्भवती भएको खबर गर्नुहोस्। विद्यालयहरूलाई गर्भावस्थाका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई निष्कासित गर्न अनुमति छैन। पहिले परामर्श लिनुहोस्। यदि तपाईको विद्यालयले तपाईलाई गर्भावस्थाको कारण विद्यालय छोड्न भन्यो भने र यदि तपाई आफ्नो अध्ययन जारी राख्न चाहनुहुन्छ भने विद्यालयको कुरालाई अस्विकार गर्नुहोस्।
के म बिदामा हुँदा काम गर्न सक्छु?
तपाईले "विद्यार्थी" भिसाको लागि आवेदन दिएर अनुमति पाएको खण्डमा "विद्यार्थी" भिसाको रूपमा बसोबास योग्यताले तपाईलाई हप्तामा २८ घण्टा सम्म काम गर्न अनुमति दिन्छ। यदि तपाई विद्यालयमा भर्ना हुनुहुन्छ र "विद्यार्थी" भिसामा हुनुहुन्छ भने, हप्ताको २८ घण्टा सम्म काम गर्न सकिन्छ। तर, यदि तपाईले गर्भावस्था वा बच्चा जन्मेको कारण अनुपस्थितिको बिदा लिनु भयो र तपाईको भिसा "टेम्पोरेरि भिजिटर" वा ""डेजिग्नेटेड एक्टिभीटिज (कार्य अनुमति बिना)" मा परिवर्तन गर्नुहुन्छ भने, तपाईलाई काम गर्न अनुमति हुँदैन।
विद्यालयहरूलाई विद्यार्थीलाई गर्भावस्थाका कारण निष्कासन गर्न अनुमति छैन। सब भन्दा पहिले विश्वसनीय शिक्षक वा कर्मचारीसँग परामर्श लिन उचित हुन्छ।