日本でのにんしん
  • Home
    • 相談先
    • 避妊
    • 妊娠したかも
    • 妊娠と仕事
    • 妊娠と学校
    • 妊娠出産の費用
    • 在留資格
    • 中絶
    • 赤ちゃんポスト
    • 技能実習生の話
    • 留学生の話
    • リンさんは無罪
    • 寄付のお願い
  • Tiếng Việt
    • Nơi Tư Vấn (consultation)
    • Phòng tránh thai (contraception)
    • Mang thai (pregnant)
    • Mang thai và làm việc (work)
    • Mang thai và trường học (school)
    • Chi phí (expense)
    • Tình trạng lưu trú (status)
    • Bỏ thai (abortion)
    • Hộp thư trẻ sơ sinh (babay hatch)
    • Câu chuyện của thực tập sinh kỹ năng(実習生)
    • Mang thai và trường học (student)
  • English
    • Consultation
    • Contraception
    • might be pregnant.
    • pregnancy and work
    • pregnancy & school
    • expenses for childbirth
    • status of residence
    • abortion
    • Baby Hatch
    • Technical Intern Trainee
    • international student
    • Ms.Linh is not guilty
  • नेपाली
    • परामर्श Consultation
    • गर्भनिरोधन Contraception
    • गर्भवती हुन सक्छ pregnant
    • काम work
    • विद्यालय school
    • खर्चहरु expenses
    • निवासको स्थिति status
    • गर्भपतन abortion
    • शिशु पोस्ट baby hatch
    • टेक्निकल इंटर्न ट्रेनी Trainee
    • अन्तर्राष्ट्रिय विद्यार्थी student
  • 中文
    • 信息咨询
    • 避孕
    • 怀孕
    • 工作
    • 学校
    • 怀孕和分娩的费用
    • 在留资格
    • 流产
    • 婴儿信箱
    • 技能实习生
    • 留学生
  • Tagalog
    • KONSULTASYON
    • Kontrsepsiyon
    • Maaaring nagdadalang-tao(pregnant.)
    • Ang pagbubuntis at ang trabaho (work)
    • Ang pagbubuntis at and pag-aaral(school)
    • Mga gastos sa panganganak(expenses)
    • Katayuan ng paninirahan(visa)
    • Pagpapalaglag(abortion)
    • Baby Hatch (Tag)
    • Technical Intern Trainee
    • internasyonal na estudyante
    • Walang kasalanan si Ms. Linh
  • Indonesia
    • Konsultasi (Consultation)
    • Kontrasepsi (Contraception)
    • Mungkin sedang hamil (might be pregnant.)
    • Kehamilan dan Pekerjaan (work)
    • Kehamilan dan Sekolah (school)
    • Biaya Persalinan (expenses)
    • Status Izin Tinggal (status)
    • aborsi (abortion)
    • Kotak Pos Bayi (BabyHatch)
    • Pemagang Kerja Teknis (TIT)
    • Pelajar Internasional (international student)
    • Linh Tidak Bersalah
  • Home
    • 相談先
    • 避妊
    • 妊娠したかも
    • 妊娠と仕事
    • 妊娠と学校
    • 妊娠出産の費用
    • 在留資格
    • 中絶
    • 赤ちゃんポスト
    • 技能実習生の話
    • 留学生の話
    • リンさんは無罪
    • 寄付のお願い
  • Tiếng Việt
    • Nơi Tư Vấn (consultation)
    • Phòng tránh thai (contraception)
    • Mang thai (pregnant)
    • Mang thai và làm việc (work)
    • Mang thai và trường học (school)
    • Chi phí (expense)
    • Tình trạng lưu trú (status)
    • Bỏ thai (abortion)
    • Hộp thư trẻ sơ sinh (babay hatch)
    • Câu chuyện của thực tập sinh kỹ năng(実習生)
    • Mang thai và trường học (student)
  • English
    • Consultation
    • Contraception
    • might be pregnant.
    • pregnancy and work
    • pregnancy & school
    • expenses for childbirth
    • status of residence
    • abortion
    • Baby Hatch
    • Technical Intern Trainee
    • international student
    • Ms.Linh is not guilty
  • नेपाली
    • परामर्श Consultation
    • गर्भनिरोधन Contraception
    • गर्भवती हुन सक्छ pregnant
    • काम work
    • विद्यालय school
    • खर्चहरु expenses
    • निवासको स्थिति status
    • गर्भपतन abortion
    • शिशु पोस्ट baby hatch
    • टेक्निकल इंटर्न ट्रेनी Trainee
    • अन्तर्राष्ट्रिय विद्यार्थी student
  • 中文
    • 信息咨询
    • 避孕
    • 怀孕
    • 工作
    • 学校
    • 怀孕和分娩的费用
    • 在留资格
    • 流产
    • 婴儿信箱
    • 技能实习生
    • 留学生
  • Tagalog
    • KONSULTASYON
    • Kontrsepsiyon
    • Maaaring nagdadalang-tao(pregnant.)
    • Ang pagbubuntis at ang trabaho (work)
    • Ang pagbubuntis at and pag-aaral(school)
    • Mga gastos sa panganganak(expenses)
    • Katayuan ng paninirahan(visa)
    • Pagpapalaglag(abortion)
    • Baby Hatch (Tag)
    • Technical Intern Trainee
    • internasyonal na estudyante
    • Walang kasalanan si Ms. Linh
  • Indonesia
    • Konsultasi (Consultation)
    • Kontrasepsi (Contraception)
    • Mungkin sedang hamil (might be pregnant.)
    • Kehamilan dan Pekerjaan (work)
    • Kehamilan dan Sekolah (school)
    • Biaya Persalinan (expenses)
    • Status Izin Tinggal (status)
    • aborsi (abortion)
    • Kotak Pos Bayi (BabyHatch)
    • Pemagang Kerja Teknis (TIT)
    • Pelajar Internasional (international student)
    • Linh Tidak Bersalah
Search by typing & pressing enter

YOUR CART

Picture

जापानमा निन्शिन

यस वेबसाइटले जापानमा उपलब्ध गर्भनिरोधनका विधिहरू र जापानमा गर्भावस्था र बच्चा जन्माउने बारेमा जानकारी प्रस्तुत गरेको छ, विशेष गरी जापानमा बसोबास गर्ने विदेशीहरू जस्तै प्राविधिक इन्टर्न र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि। यदि तपाई अनियोजित गर्भधारण भएको अवस्थामा हुनुहुन्छ वा गर्भावस्थाको कारण जापानमा भेदभावको अनुभूति गर्नु भएको छ भने कृपया तुरुन्त सहायता लिनुहोस्।
日本語
English
Tagalog
 Tiếng Việt
 中文 
Bahasa Indonesia
परामर्श सम्बन्धि जानकारी

नयाँ !!

  • "गर्भावस्था सहयोग रकम" थपिएको छ। (०४.१९.२०२५)
  • "परामर्श जानकारी" अन्तर्गत नयाँ सम्पर्कहरू थपिएका छन्।(०४.१९.२०२५)
  • "निवास स्थिति बिनाका केसहरू" बारे जानकारी थपिएको छ।(०४.१९.२०२५)
  • "तपाईंले बच्चा हुर्काउन नसक्ने बेलाको लागि शिशु पोष्ट" थपिएको छ। (०८/०३/२०२४)
  • "जापानमा जन्मेका बच्चाहरूको भिषा स्थिति​" अपडेट गरिएको छ। (०१.०४.२०२४)


कुमामोतोमा गर्भनिरोधक र गर्भावस्थाको बारेमा म कोसंग सल्लाह लिन सक्छु

कुमामोतोमा तपाईले कुमामोतो प्रान्त र कुमामोटो शहर दुवैमा भएका अध्यागमन सहायता कार्यालयहरूमा, गैर-नाफामुखी संस्थाहरू र अस्पतालहरूमा आफै गएर परामर्श लिन सक्नुहुन्छ। तपाई उनीहरूबाट फोन वा ईमेल मार्फत पनि परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
परामर्श सम्बन्धि जानकारी

​म अहिले बच्चा पाउन चाहन्न। मैले के गर्नुपर्छ?

​तपाई अहिले गर्भवती हुन चाहनुहुन्न भने "गर्भनिरोधक" साधनको प्रयोग गर्नुहोस्। तपाईले आफ्नो देशमा प्रयोग गर्नुभएको गर्भनिरोधक साधन जापानमा उपयोगको लागि अनुमति प्राप्त नहुन सक्छ। जापानमा गर्भनिरोधनको लागि सब भन्दा लोकप्रिय विधि पुरुषले प्रयोग गर्ने कन्डम हो।

तपाईले आफ्नो देशबाट, बिना कुनै कागजी काम, एक महिनाको लागी आफ्नो औषधि ल्याउन सक्नुहुन्छ (जस्तै कि गर्भनिरोधक चक्की)। यदि तपाईले एक महिनालाई पुग्ने भन्दा बढि औषधि ल्याउनुहुन्छ वा हुलाक/कुरिअरबाट पठाउनु हन्छ भने, तपाईले भन्सारमा निवेदन दिनु पर्छ। यदि तपाईले आफुले ल्याएको औषधि अरू कसैलाई दिनु भयो वा बेच्नु भयो भने, तपाईलाई औषधि र मेडिकल उपकरण ऐनको उल्लंघन हुने गरेको कारणले कारावास हुन सक्छ वा जरिवानाको तिर्नु पर्ने हुन सक्छ।

(तपाईले  यस पृष्ठमा "जापानमा गर्भनिरोधक" को बारेमा YouTube बाट भिडियो हेर्न सक्नुहुन्छ।)
थप पढ्नुहोस्

म गर्भवती हुन सक्छु। मैले के गर्नुपर्छ

यदि तपाईको महिनावारी ढिला भएको छ वा यदि तपाईलाई आफु गर्भवती भएको जस्तो लागेको छ भने, गर्भावस्थाको परीक्षण गर्नुहोस् वा प्रसूति तथा स्त्री रोग विशेषज्ञलाई जतिसक्दो चाँडो जाँचको लागि भेट्नुहोस्। असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टा भित्रमा आपतकालीन गर्भनिरोधक चक्कीको प्रयोग एउटा विकल्प हो।
थप पढ्नुहोस्

म बच्चा पाउन चाहन्छु। के मैले मेरो जागिर वा विद्यालय छोड्नु पर्छ?

जागिरको मामलामा:
जापानी कानुनमा कुनै कम्पनीले गर्भावस्था वा बच्चाको जन्मको कारण आफ्नो कर्मचारीहरुलाई कामबाट हटाउन प्रतिबन्ध गरेको छ। कर्मचारीहरूले बच्चा जन्माउन र हुर्काउन बिदा लिन अधिकार पाउँदछन्। यही नियम प्राविधिक इंटर्न प्रशिक्षुहरुलाई पनि लागु हुन्छ।
थप पढ्नुहोस्
विद्यालयको मामलामा:
विद्यालयहरूलाई उनीहरूको विद्यार्थीलाई गर्भावस्थाका कारण निष्कासन गर्न अनुमति छैन। विश्वसनीय शिक्षक वा स्टाफको सदस्यसँग परामर्श लिनु र त्यसपछि विद्यालय छोड्नुको सट्टा, अध्ययन जारी राख्न, अनुपस्थितिको बिदा लिने सुझाउ दिन्छौं।
थप पढ्नुहोस्
यदि तपाईको तपाईले काम गर्ने कम्पनी, निरीक्षण गर्ने संस्था वा विद्यालयले आफ्नो देश फर्काउन बाध्य बनाइराखेको छ भने कृपया कुनै सहायता प्रदान गर्ने संघलाई सम्पर्क गर्नुहोस्।
तपाई आफ्नो पार्टनर, परिवार, वा साथीहरूसँग पनि कुरा गर्न सक्नुहुन्छ। तपाईको वरिपरिको सहायता गर्ने व्यक्तिहरु र संस्थाहरुको संजाललाई सम्झनुहोस्।
परामर्श

जापानमा बच्चा जन्माउन कति खर्च हुन्छ?

जापानमा गर्भावस्थाको परीक्षणकोलागि  औसतमा ५,००० देखि १०,००० येन सम्म पर्छ भने बच्चा जन्माउदा ४००,००० देखि ८००,००० येन सम्म खर्च हन्छ। यी मूल्यहरुमा राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीका साथै प्रसूति अनुदान प्रणाली समावेश छैनन्। यी प्रणाली कार्यक्रमहरूमा भर्ना हुने महिलाहरूलाई बच्चा जन्माउन र बच्चाको हेरचाहको लागि ४२०,००० येन सम्मको एकमुष्ट भत्ता दिइन्छ। यदि तपाईलाई सुत्केरी बिदाको अवधिमा तलब दिइएको छैन भने तपाईले प्रसुति भत्ता पनि प्राप्त गर्न सक्नुहुनेछ। तपाईसँग पैसा नभएको अवस्थामा वा तपाईको भिसाको म्याद सके पनि, तपाईलाई अस्पतालमा भर्ना भई बच्चा जन्माउन सुँडेनी सेवाको प्रयोग गर्न अनुमति दिइन्छ। तपाई यी भत्ता र योजनाहरुको लागि एक विदेशी प्राविधिक इंटर्न प्रशिक्षुको रूपमा पनि योग्य हुनुहुन्छ।​
थप पढ्नुहोस्

म जापानमा गर्भवती भए वा बच्चालाई जन्म दिए मेरो भिषाको स्थिति (बसोबास योग्यता) के हुनेछ?

तपाईले बच्चा जन्माउन सुत्केरी बिदा लिएको बेला यदि तपाईको बसाई अवधि "टेक्निकल इन्टर्न ट्रेनी" भिषाको अन्तर्गत पर्छ वा तपाईले भिषा नविकरणको लागि आवेदन दिनु भएको छ भने तपाईले आफ्नो भिषालाई "टेक्निकल इन्टर्न ट्रेनी" को रूपमा कायम राख्न सक्नुहुन्छ। तपाईले सुत्केरी बिदा लिएको बेलामा आफ्नो भिषालाई "टेक्निकल इन्टर्न ट्रेनी" बाट "डेजिग्नेटेड एक्टिभीटिज" भिषामा परिवर्तन गर्न सक्नु हुन्छ। सुत्केरी बिदा सकेर ट्रेनिंगमा फर्किने बेलामा पुन: भिषालाई "टेक्निकल इन्टर्न ट्रेनी" मा परिवर्तन गर्न सक्नुहुनेछ।
 
जापान बसेको अवधिमा आफ्नो रोजगार सम्झौता कायम राख्न सके "स्पेसिफाइड स्किल्ड वर्कर" को भिसा भएका व्यक्तिहरुको स्थिति उस्तै रहनेछ।

यदि तपाई "विद्यार्थी" भिषामा हुनुहुन्छ र विद्यालयमा पनि भर्ना हुनुहुन्छ भने तपाईको भिषाको स्थितिमा फरक आउने छैन। तपाई बच्चाको जन्मको कारणले गर्दा विद्यालयमा अनुपस्थित भए पनि "विद्यार्थी" को रुपमा भिषा नवीकरण गर्न सकिने सम्भावना छ।

बच्चाको भिषाको स्थिति आमा बुबाको भिषाको स्थितिमा निर्भर गर्दछ।
थप पढ्नुहोस्

मेरो भिसा छैन। म गर्भवती छु। म के गरूँ?

यदि तपाईं बच्चा जन्माउन चाहनुहुन्न भने:
जापानमा गर्भपतन स्वास्थ्य बीमाले व्यहोर्दैन, त्यसैले तपाईंले आफैंले तिर्नुपर्नेछ। भिसा नभए पनि, यदि तपाईंले खर्च बेहोर्न सक्नुहुन्छ भने गर्भपतन गर्न सक्नुहुन्छ।

यदि तपाईं बच्चा जन्माउन चाहनुहुन्छ भने:
भिसा नभए पनि, तपाईंले मातृ तथा बाल स्वास्थ्य पुस्तिका, बोशितेचो प्राप्त गर्न सक्नुहुन्छ। यदि स्वास्थ्य बीमा कार्ड नभएको कारणले अस्पतालले तपाईंलाई हेर्न अस्वीकार गर्छ भने, आफ्नो नगरपालिकासँग कुरा गर्नुहोस्। सार्वजनिक स्वास्थ्य नर्सले तपाईंलाई जाँचको लागि अस्पताल खोज्न मद्दत गर्न सक्छिन्।
केही अस्पतालहरूले कम आय भएका मानिसहरूको लागि बच्चा जन्माउने खर्च बेहोर्ने सहयोग कार्यक्रम प्रदान गर्छन्। बच्चाको स्वास्थ्य जाँच, समयपूर्व जन्मेका बच्चाहरूको लागि चिकित्सा सहायता, र तपाईंको बच्चालाई क्षयरोग भएमा चिकित्सा खर्चमा मद्दतको लागि पनि सहयोग उपलब्ध छ।

जापानमा बच्चा जन्माउन मैले के गर्नुपर्छ?

पहिले, बोशीटेचो (母子手帳) भनिने आमा र बच्चाको पुस्तिका प्राप्त गर्न सिटी हलमा जानुहोस्। एकजना सामुदायिक स्वास्थ्य नर्सले तपाईको बच्चाको जन्म नभएसम्म सहयोग गर्नुहुनेछ। कानागावा इन्टरनेश्नल फाउन्डेशनले तल जापानमा बच्चा जन्माउने र हुर्काउने प्रक्रियाको साथै बोशीटेचोको परिचय दिएको छ। ​
विदेशीहरूको लागि बच्चाको हेरचाह सम्बन्धि वेबसाइट
मदर्स ट्री जापानले जापानमा प्रसव र बाल हेरचाहमा आप्रवासी महिलाहरूलाई सहयोग गर्दछ।
  Mother’s Tree Japan
  https://mothers-tree-japan.org/

तपाईले जापानमा बच्चा जन्माउन वा बच्चाको हेरचाह गर्न सहयोगका लागि आफ्नो परिवारको सदस्यको लागि "टेम्पोरेरि भिजिटर" (भिजिटिंग रिलेटिभ्स) भिसाको लागि आवेदन दिन सक्नुहुन्छ।
 
यदि तपाईंको भिसाले तपाईंको परिवारलाई तपाईंसंग जापान आउने अनुमति दिन्छ भने, जस्तै कि विश्वविद्यालयमा पढ्नलाई "विद्यार्थी भिषा", तपाईंको पति/पत्नी वा बच्चाले "दिपेण्डेण्ट भिषा" को लागि आवेदन दिन सक्दछन्। तर, तपाईं जापानी भाषा स्कूलको विद्यार्थी हुनुहुन्छ भने, तपाईंको  "विद्यार्थी" भिषाले तपाईंको परिवारलाई तपाइँसँग जापान जाने अनुमति दिँदैन। यसको मतलब तपाईंको पति/पत्नी वा बच्चाले “दिपेण्डेण्ट” भिसाका लागि आवेदन दिन सक्दैनन्।

यदि मैले आफ्नो देश फर्केर आफ्नो बच्चालाई जन्म दिन चाहे मैले के गर्नु पर्छ?

यदि तपाईं "टेक्निकल इन्टर्न ट्रेनी" भिषामा हुनुहुन्छ र बच्चालाई जन्म दिन आफ्नो देश फर्किन प्रशिक्षणलाई स्थगित गर्न चाहनुहुन्छ भने, तपाईंलाई निरीक्षण गर्ने संस्थाले OTIT लाई मातृत्व बिदा र बच्चाको जन्मका कारण टेक्निकल इन्टर्न प्रशिक्षणमा कठिनाईको "गिनोजिश्शुजिश्शीकोंनान्तोदोकेशो" (技能実習実施困難時届出書) सूचना फारम बुझाउनु पर्छ। साथै, फर्कनु अघि मातृत्व बिदा लिने जस्ता आवश्यक प्रक्रियाहरू पूरा गर्नुपर्छ।
तालिम पुनः सुरु गर्दा तपाईले OTIT बाट नयाँ प्रशिक्षण योजनाको अनुमति प्राप्त भए पछि अध्यागमन कार्यालयमा "सर्टिफिकेट अफ एलिजिबिलिटि" को लागी आवेदन दिन सक्नुहुन्छ र "टेक्निकल इन्टर्न ट्रेनी" भिसाका साथ जापानमा फर्किन सक्नुहुन्छ।
 
यदि तपाईंले जापान छोडेको एक वर्ष भित्र र जापानको निवास स्थिति वा भिषाको म्याद समाप्त हुने मिति भन्दा पहिले जापान पुन: प्रवेश गर्ने योजना गर्दै हुनुहुन्छ भने, तपाईं "विशेष पुन: प्रवेश अनुमति" (special re-entry permit) लिई पुन: प्रवेश गर्न सक्नुहुनेछ। यदि तपाईंको आधिकारिक जापान बसाईको अवधि एक बर्ष भन्दा बढी हो र तपाईं एक वर्ष भन्दा बढीको समय पछि जापान पुनः प्रवेश गर्ने योजनामा हुनुहुन्छ भने, तपाईले आफ्नो देश फर्कनु अघि जापानमा पुन: प्रवेश अनुमतिको लागि आवेदन दिनुहोस्।

यदि म गर्भवती भएको तर बच्चा जन्माउन नचाहेको खण्डमा, मैले के गर्नु पर्छ?

जापानमा २२ हप्ता भन्दा कम अर्थात् २१ हप्ता ६ दिन सम्मको गर्भलाई गर्भपतन गर्ने अनुमति छ। 

अनलाइन किनेका औषधि लिन र डाक्टरको निरीक्षण बिना गर्भपतन गर्न सुझाउ दिइदैन। यदि तपाईले आफैंले ल्याउनुभएको औषधि वा कसैले तपाईको देशबाट पठाइदिएको औषधि खाएर गर्भपतन गर्नु भयो भने तपाईलाई आत्म-गर्भपतन (पेनल कोडको धारा २१२)को आरोप लाग्न सक्छ र यदि तपाई दोषी फेला पर्नुभयो भने, तपाईलाई  एक वर्षको सम्मको कारावासको सजाय सुनाउन सकिन्छ।
थप पढ्नुहोस्

यदि म बच्चा जन्मिए पछि बच्चा हुर्काउन असमर्थ भए भने मैले के गर्नुपर्छ?

यदि तपाईंसँग बच्चालाई जन्म दिन बाहेक अरू कुनै विकल्प छैन तर बच्चा हुर्काउन सक्नुहुन्न भने, कृपया तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्। यदि नवजात बच्चाको जन्म डाक्टरको परामर्श बिना नै भएको खण्डमा, त्यहाँ बच्चाको जन्म पछि तुरुन्तै मृत्यु भएमा, "अभिभावकको लापरवाहीको कारणले मृत्यु भएको" वा बच्चा मृत अवस्थामा जन्मिएमा, "लासलाई बेवास्ता गरि छोडेको" ठहर भई आमा माथि कारवाही हुनसक्छ। यदि तपाईं गर्भवती हुनुहुन्छ भनेर थाहा पाउनुभयो भने, जुनसुकै अवस्थामा पनि बच्चा जन्माउनु अघि कसैसँग सल्लाह गर्नुहोस्।
 
यदि तपाईले कुनै पनि कारणले गर्दा आफ्नो बच्चालाई हुर्काउन असक्षम हुनुहुन्छ भने, बाल मार्गदर्शन केन्द्र वा तपाईको शहर वा क्षेत्रको बाल हेरचाह सहायता डिभिजनले तपाईलाई सहयोग गर्न सक्छ। कृपया तुरुन्त तिनीहरूलाई परामर्शको लागि सम्पर्क गर्नुहोस्।

त्यसै गरी, कुमामोटोमा (कोनोतोरीनो युरीकागो) भन्ने शिशु पोस्ट छ, जहाँ तपाईंले आफ्नो शिशुलाई नाम नखुलाई छोड्न सक्नुहुन्छ।
थप पढ्नुहोस्

जापानमा बच्चालाई जन्म दिनेहरूको कथा

जापानमा जन्म दिने प्राविधिक इंटर्न प्रशिक्षुको कथा
जापानमा बच्चा जन्माउने एक अन्तर्राष्ट्रिय विद्यार्थीको कथा

यो वेबसाइट कुमुस्ताका एसोसिएसन फर लिभिङ्ग टुगेदर विथ माइग्रेन्ट्सको स्वामित्वमा विभिन्न प्रान्त भित्र र बाहिर रहेका संस्थाहरुको सहयोगबाट संचालित छ। ती संस्था र व्यक्ति हरु हुन् एशियाली महिला केन्द्र, टेक्निकल इन्टर्न ट्रेनीका लागि कानुनी सल्लाह संस्था, विदेशी बासिन्दाहरूको लागि कुमामोतो परामर्श र सहयोग प्लाजा, विदेशी बासिन्दाहरूको लागि कुमामोतो सहयोग केन्द्र, कुमामोतो YMCA , सोफिया विश्वविद्यालयको अध्यापक प्रोफेसर तानाका र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर केइको फुजिता।

यस वेबसाइटमा JSPS अन्तर्राष्ट्रिय संयुक्त अनुसन्धान कार्यक्रम (B), “प्रवासी महिला र SDGs” (18KK0030), र JSPS वैज्ञानिक अनुसन्धानका लागि अनुदान (B), “प्रवासी महिलाहरूको प्रजनन न्याय” (23K28341) का निष्कर्षहरू समावेश गरिएको छ। अनुवादको केही अंश Japan SRHR Promotion Network (JSPN)/ JOICFP को सहयोगमा गरिएको हो।

コムスタカ―外国人と共に生きる会
Kumustaka - Association for Living Together with Migrants

Nhóm Kumustaka – Đồng hành với người ngoại quốc

日本語     Tiếng Việt     English  नेपाली  中文 Tagalog Bahasa Indonesia

Powered by Create your own unique website with customizable templates.