काम बाट बिदा लिएर जापानमा बच्चालाई जन्म दिनुभएको एक भियतनामी टेक्निकल इंटर्न ट्रेनीको कथा
(गोपनीयताको लागी नामहरु परिवर्तन गरिएका छन्)
गर्भावस्था ・ मेडिकल परीक्षण ・ परामर्श
एलिस जापानमा टेक्निकल इंटर्न ट्रेनीको रुपमा काम गरेको दोश्रो वर्षमा बिरामी परिन्। उनले चर्चमा एकजना व्यक्तिसंग परामर्श लिईन् र उनलाई अस्पताल लगियो। त्यहाँ उनी ३४ हप्ता गर्भवती भएको थाहा पाईन्। एलिसले एक विदेशी बासिन्दा सहयोग समूहसंग पनि परामर्श लिईन्। एलिसले त्यो समूहबाट मातृत्व बिदा प्रणाली र उनको कामदार अधिकारको बारे सिकीन्। उनले मातृत्व बिदा लिने, बच्चालाई जापानमा जन्म दिने र बच्चाको जन्म पछि काम गरिराखेको कम्पनीमा काम सुचारु गर्ने निधो गरीन्।
अस्थायी संरक्षण
एलिसले आफ्नो गर्भावस्थाको बारेमा उनको पर्यवेक्षण संगठनको एक भियतनामी सल्लाहकारलाई भनीन्। जब एलिसले पर्यवेक्षण संगठनले उनी गर्भवती भएको बारे उनी काम गर्ने कम्पनीलाई बताएको थाहा पाईन्, उनलाई भियतनाम फिर्ता पठाईन्छ कि भनेर डर लाग्यो। उनले सहयोग समूहलाई मद्दतको लागि सम्पर्क गरीन्। सहयोग समुहले उनलाई अस्थायी सुरक्षामा राख्यो।
पर्यवेक्षण संगठन र कम्पनीसंग भेट
एलिस र समर्थन समूहका कर्मचारीहरुको भेट एलिस काम गर्ने कम्पनी र पर्यवेक्षण संगठनसंग भयो। एलिसले बच्चालाई जापानमा जन्म दिन चाहेको भनीन्। (दुबै पर्यवेक्षण संगठन र कम्पनी "गर्भवती टेक्नीकल इन्टर्नहरुलाई भेदभाव गर्न सकिदैन" भन्ने दिशानिर्देशको बारेमा अवगत थिए। यो दिशानिर्देश मार्च १२, २०१९ मा अध्यगमन विभाग, न्याय मन्त्रालय, ड ओर्गनाइजेशन फोर टेक्निकल इन्टर्न ट्रेनिंग (OTIT), र स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय द्वारा पर्यवेक्षण संगठनहरुको लागी संयुक्त रुपमा लागु गरिएको हो।) कम्पनीले एलिसले जापानमा बच्चालाई जन्म दिनको लागी प्रसूति बिदाको उपयोग गर्न सक्ने बारे सहमति जनायो।
एलिसको बच्चाको बुवा, बेन, पनि एक टेक्निकल इन्टर्न ट्रेनी थिए। समर्थन समूहले बेनको पर्यवेक्षण संगठन र कम्पनीसंग सम्पर्क गरे र बेनलाई बच्चा जन्माउन र बच्चाको हेरचाहको लागी तलबी बिदा लिन अनुमति दिनको लागी अनुरोध गरीयो। उनीहरु पनि सहमत भए।
नगरपालिका कार्यालयमा बोशी-तेचो
एलिस सहयोग समुहको एकजना सदस्यसंग बोशी-तेचो (母子手帳) भनिने मातृ पुस्तिका प्राप्त गर्नको लागी नगरपालिका कार्यालय गईन्। त्यहाँ एकजना जनस्वास्थ्य नर्सले एलिसले बच्चा जन्माउनु भन्दा पहिले के के गर्नु पर्छ र उनले पाउने सहयोगको व्यवस्थाको बारेमा भनीन्। एलिसले कुन अस्पतालमा बच्चा जन्माउने भनेर पनि निर्णय गरीन्। उनले जापानी भाषा धेरै राम्रोसँग बोल्न नजानेको हुनाले अस्पतालमा नगरपालिका कार्यालयबाट प्रदान गरिएको अनुवादक र टेलिफोन अनुवादक सेवाहरुको उपयोग गर्ने निर्णय गरिन्।
अपेक्षित समयभन्दा पहिले बच्चा जन्मिएको अवस्था
एलिसलाई प्रसव अपेक्षा गरेको समय भन्दा एक महिना अगाडी प्रसव-पिडा सुरु भयो। दुखाई सहन नसकेर उनलाई नजिकैको अस्पतालमा लगियो। नयाँ अस्पताल भए पनि, एलिससंग बोशी-तेचो भएको हुनाले र प्रसवपूर्व मेडिकल जाँच भएको हुनाले, उनी त्यस अस्पतालमा जन्म दिन सक्षम भईन्।
अस्पतालमा, एलिसले बच्चाको हेरचाह गर्न सिकीन्। उदाहरणको लागी, कसरी बच्चालाई स्तनपान गराउने र नुहाउने। एलिस अस्पतालबाट डिस्चार्ज भए पनि, उनको बच्चालाई समयपूर्व जन्मेको हुनाले केहि समयको लागी अस्पतालमा भर्ना गरियो। एलिस हरेक दिन आफ्नो बच्चालाई डिस्चार्ज नभएसम्म स्तनपान गराउन अस्पताल गइन्।
बच्चा जन्माउनको लागि लाग्ने खर्च
बच्चाको जन्ममा लागेको खर्च ४५०,००० येन जति थियो, तर एलिसले स्वास्थ्य बिमाबाट पाउने एकमुश्त जन्म भत्ता, शुस्सान-इचिजिकिन (出産一時金), बाट लगभग सबै खर्च तिरीन्। बच्चाको अस्पताल भर्ना शुल्कको लागी, उनले शुसेइतोदोके (出生届) भनिने जन्म प्रमाणपत्र सरकारी कार्यालयमा पेश गरीन्, बच्चालाई सामाजिक बीमा प्रणालीमा प्रवेश गरीन्, र समयपुर्व जन्मिएको बच्चाको हेरचाह कार्यक्रम, मिजुकुजिर्योउइकुइर्योउ (未熟児療育医療) को लागी आवेदन दिइन्।
एलिस र बच्चाको लागी बसोबास योग्यता
"टेक्निकल इन्टर्न ट्रेनी" को रूपमा ऐलिसको बसोबास योग्यता गर्भावस्थाको समयमा र जन्म दिने समयमा नवीकरण भईरहेको थियो तर आवेदन प्रक्रियालाई दुई महिनाको लागी अवलम्बन गर्न सकिन्थ्यो। यसले उनलाई त्यो अवधिमा आफ्नो बसोबास योग्यताको स्वास्थ्य बीमाको उपयोग गर्नको लागी अनुमति दियो।
बच्चा जन्मे पछि, ऐलिसले प्रशासनिक लेखक वा एक विशेष प्रकारको अध्यागमन वकील, ग्योउसेइशोशि (行政 書 士) को सहयोगबाट बच्चाको बसोबास योग्यताको लागी अध्यगमन कार्यालयमा आवेदन दिइन्। लगभग एक महिना पछि, बच्चालाई "बिशिस्ट गतिविधि (तोकुतेइ खाचुदोउ )" को रूपमा चार महिनाको बसोबास योग्यता प्रदान गरीयो। "टेक्निकल इन्टर्न ट्रेनी (ii) b" को रुपमा एलिसको बसोबास योग्यताको नवीकरण आवेदन पनि १ वर्षको लागि अनुमोदित भयो।
एलिसले कम्पनीलाई आवश्यक कागजातहरु पठाइन् र उनीहरुलाई स्वास्थ्य बिमामा बच्चालाई "डिपेण्डेण्ट" भनी राख्न आग्रह गरीन्। यसको अतिरिक्त, एलिस र बेनले भियतनामी दूतावासमा आफ्नो विवाह दर्ता, जन्म दर्ता, र बच्चाको लागी पासपोर्ट आवेदन पेस गरे, र एक महिना पछि बच्चाको पासपोर्ट पाए।
एलिसले लिएको मातृत्व बिदा र लिन नसकेको बच्चापालन बिदा
एलिसले बच्चा जन्माउनु अघि तलबी बिदा र मातृत्व बिदा लिईन्, र जन्म दिए पछि आठ हप्ताको मातृत्व बिदा लिईन्। एलिसले बच्चापालन बिदा पनि प्रयोग गर्न कोसिस गरीन्। तर, निश्चित अवधिको रोजगार अनुबंध भएका कामदारहरुको खण्डमा अनुबन्धमा कम्तिमा एक वर्ष र छ महिनाको समय बाकी नभए सम्म बच्चापालन बिदा प्रयोग गर्न नमिल्ने नियम थियो। एलिसको टेक्निकल इन्टर्न प्रशिक्षण अवधिमा मात्र एक वर्ष बाँकी थियो, त्यसैले उनी बच्चाको हेरचाह बिदाको लागी योग्य हुन सकिनन्। कम्पनीले उनलाई बच्चाको हेरचाह बिदा भत्ता प्राप्त गर्न योग्य नभए पनि, बिदा लिई बच्चाको हेरचाह गर्न सकिने जानकारी दियो। एलिसले तलबी बिदा लिईन्।
अपार्टमेन्टमा बसाई
एलिसले बच्चा जन्मिए पछि सहयोग समुहको मद्दतबाट अपार्टमेन्ट भाडामा लियीन्। बच्चालाई डिस्चार्ज गरिसकेपछि, बच्चा आफ्नो आमा र बुबाको साथमा अपार्टमेन्टमा बस्यो। बेनले पनि बाल हेरविचार बिदाको उपयोग गर्न सकेनन्, त्यसैले उनी अपार्टमेन्टबाट काममा जान्थे र काममा जानु नपर्दा बच्चाको हेरचाह गर्दथे। बच्चालाई भियतनाम लैजान नमिले सम्म चर्चका मानिसहरु र अन्य समर्थकहरुले आमाबाबुलाई बच्चाको हेरचाह गर्न मद्दत गरे। जनस्वास्थ्य नर्स पनि बच्चालाई हेर्नको लागी अपार्टमेन्टमा आए र एलिसलाई बच्चाको स्याहारको लागि सल्लाह दिए।
भियतनाम फर्काई र काममा फर्काई
एलिसले बच्चा जन्मिएको करिब दुई महिनापछि बच्चालाई भियतनाम लगिन्। त्यसपछि, उनले बच्चालाई आफ्नो परिवारसंग छोडिन् र लगभग एक हप्ता पछि जापान फर्कि आफुले काम गरेको पुरानो कम्पनीमा फेरि काम गर्न थालिन्।