यदि म बच्चा जन्मिए पछि हुर्काउन असमर्थ भए भने मैले के गर्नुपर्छ?
यदि तपाईंसँग बच्चालाई जन्म दिन बाहेक अरू कुनै विकल्प छैन तर बच्चा हुर्काउन सक्नुहुन्न भने, कृपया तुरुन्तै तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्। यदि डाक्टरको परामर्श बिना नै एक्लैले बच्चा जन्माएपछि बच्चा मरेमा, (बच्चा जीवित जन्मेपछि तुरुन्तै मृत्यु भएमा), "अभिभावकको लापरवाहीको कारणले मृत्यु भएको" वा बच्चा मृत अवस्थामा जन्मिएमा, "लासलाई बेवास्ता गरि छोडेको" ठहर भई आमा माथि कारवाही हुनसक्छ। यदि तपाईं गर्भवती हुनुहुन्छ भनेर थाहा पाउनुभयो भने, जुनसुकै अवस्थामा पनि बच्चा जन्माउनु अघि कसैसँग सल्लाह गर्नुहोस्।
यदि तपाईले कुनै पनि कारणले गर्दा आफ्नो बच्चालाई हुर्काउन असक्षम हुनुहुन्छ भने, बाल मार्गदर्शन केन्द्र “जिदौसोउदान्ज्यो“ वा तपाईको शहर वा क्षेत्रको बाल हेरचाह सहायता विभागले तपाईलाई सहयोग गर्न सक्छ। कृपया तुरुन्त उनीहरूसँग परामर्श गर्नुहोस्।
त्यसै गरी, कुमामोटोमा (कोनोतोरीनो युरीकागो) भन्ने शिशु पोस्ट छ, जहाँ तपाईंले आफ्नो शिशुलाई नाम नखुलाई छोड्न सक्नुहुन्छ।

शिशु पोस्ट "कोनोतोरीनो युरीकागो"
कुमामोटोमा रहेको जिकेई अस्पतालमा "कोनोतोरीनो युरीकागो (शिशु पोस्ट)" छ। "युरीकागो" भनेको बच्चा जन्मिएपछि हुर्काउन नसकिने र सल्लाह पनि लिन नसकिने अवस्थामा, आमाको नाम नसोधी बच्चालाई जिम्मा लिने ठाउँ हो।
शिशु पोस्ट "कोनोतोरीनो युरीकागो" को प्रणाली
"युरीकागो" जिकेई अस्पतालको परिसरभित्र रहेको शिशु राख्नको लागि विशेष रूपमा बनाइएको झ्याल हो। "युरीकागो" को ढोकाको भित्र शिशुको लागि ओछ्यान/ खाट हुन्छ। त्यस ओछ्यान/ खाटमा शिशुलाई राखेर, ढोका बन्द गर्दा, त्यो ढोका बाहिरबाट खोल्न सकिंदैन। ढोका बन्द भएपछि, स्टाफ आएर शिशुलाई सुरक्षा दिन्छ। ओछ्यान/ खाटमा इन्टरकम राखिएको हुन्छ। यदि तपाईंले आफ्नो निर्णय परिवर्तन गर्न चाहनुहुन्छ वा सल्लाह लिन चाहनुहुन्छ भने, यो इन्टरकम थिच्नुहोला। ओछ्यान/ खाटमा "आमालाई पत्र" पनि राखिएको हुन्छ। यस पत्रमा, शिशुलाई जिम्मा लगाएपछि पनि सम्पर्क गर्न मिलोस् भनेर अस्पतालको सल्लाह दिने झ्याल/ परामर्श केन्द्रको सम्पर्क विवरण लेखिएको हुन्छ।
"युरीकागो" मा जिम्मा लगाइएका शिशुलाई तुरुन्तै चिकित्सकबाट जाँच गरिन्छ। चिकित्सकले शिशुको जाँच गरेपछि, "युरीकागो"को स्टाफले कुमामोटो सिटी बाल सल्लाह केन्द्र र प्रहरी चौकीलाई सम्पर्क गर्दछ। शिशुको स्वास्थ्य अवस्था अनुसार, शिशु केही समयसम्म अस्पतालमा बस्न सक्छ वा त्यसै दिन शिशुलाई शिशु गृहमा पनि लग्न सकिन्छ।
युरीकागोको स्थान
〒860-0073 कुमामोटो केन, कुमामोटो-शि, निशि कु, शिमाजाकी ६-चोमे-१−२७
https://goo.gl/maps/PGRK95h7CKVJypvD7
"युरीकागो" भनेको जब सल्लाह लिने कुनै विकल्प नै हुँदैन तब अपनाइने अन्तिम उपाय हो। यदि तपाईं अनिच्छित गर्भधारणबाट पीडित हुनुहुन्छ भने, पहिला सल्लाह लिनुहोस्। हामीले सँगै के गर्न सकिन्छ भनेर समाधानको उपाय सोचौं।